
भदौ २०, झापा । शिक्षा ऐन र नियमावली अनुसार बिद्यालय हरुमा कुनैपनि राजनैतिक दलहरुको कार्यक्रम गर्न पाईदैन । तर झापाको गौरीगञ्ज गाउँपालिकामा शिक्षा ऐन र नियमावली को धज्जी उडाउँदै बिद्यार्थी हरुको पढाई रोकेर तिन वटा बिद्यालय हरुमा आईतबार नेपाली काँग्रेसको वडाधिवेशन गरिएको छ ।
वडा नँ ३ को गौरीगञ्ज माबि, वडा नँ ४ को सरस्वती प्राबि र वडा नँ ६ को खजुरगाछी माबिमा आज बिद्यार्थी हरुको पढाई नै बन्द गरि काँग्रेसको वडाधिवेशनको चुनाब गरिएको छ । काँग्रेस पार्टी को वडाधिवेशन का कारण यो तिन वटा बाट बिद्यालय हरुको पठनपाठन आईतबार दिनभरि ठप्प भएको छ ।
कोरोना कहर र लकडाउनका कारण लामो समय देखि बन्द रहेका गौरीगञ्जका बिद्यालय हरु यस क्षेत्रमा सँक्रमण दर कम भएपछी भदौ १ गते देखि आलोपालो प्रणाली मा पठनपाठन शुरु गरिएको थियो । लामो समयदेखि बन्द रहेको पढाई शुरु हुदा अभिभावकहरुले राहत महसुस् गरेकाथिए । तर कोरोनाका कारण थिलथिलो भएको शिक्षा र बल्ल खुलेको बिद्यालयमा पढाई नै बन्द गरि राजनैतिक दलको चुनाव गरिदा अभिभावक हरु गुनासो गरेकाछन् । बिद्यालय बन्द गरी कुनै एक राजनीतिक दल को कार्यक्रम गर्न मिल्छ र ? एक अभिभावकले गौरीगञ्ज दर्पण डटकम मा फोन गरि प्रश्न राखेका छन् ।
शिक्षा ऐन विपरित बिद्यालय बन्द गरि राजनैतिक दललाई कार्यक्रम गर्न दिन मिल्छ र ? भन्ने प्रश्न मा गौरीगञ्ज माबिका प्रधानाध्यापक गोबिन्द घिमिरेले गौरीगञ्ज शिक्षा समिति ले नै पत्राचार गरि एक दिन कार्यक्रम गर्न दिन भनेकाले कार्यक्रम गर्ने दिएको बताए । तर यस बारे शिक्षा शाखा लाई जानकारी नै नभएको कुरा शिक्षा शाखा गौरीगञ्जका प्रमुख शुसिल दाहाल ले बताए । शिक्षा समिति शिक्षा शाखा अन्तर्गत कै समिति हो तर त्यसरी बिद्यालय लाई पत्राचार गरेको कुरा आफुलाई जानकारी नभएको कुरा उनले बताए । उनले विद्यालय हरुमा काँग्रेस को चुनाव हुदैछ भन्ने कुरा नै आफुलाई थाहा नभएको र एक जना ४ नँबर वडाका अभिभावकले बिद्यालय बन्द गरि पार्टी को चुनाब गरिरहेको गुनासो गर्दा बल्ल सो कुरा थाहा पाएको प्रतिकृया दिएकाछन् ।
खजुरगाछी माबिका प्रधानाध्यापक गजेन्द्र बिक्रम साहले आफुहरुले बिद्यालय ब्यवस्थापन समिति र शिक्षा समिति लाई जानकारी गराएर बिद्यालय मा कार्यक्रम गर्न दिएको कुरा बताएका छन् तर उनले शिक्षा समिति बाट कुनै किसिमको पत्राचार नभएको बताएका छन् । यस बारे जिल्ला शिक्षा समन्वय कार्यालय झापाका प्रमुख राजकुमार विश्वकर्मा ले बिद्यालय पुर्ण रुपमा शान्ति क्षेत्र घोषणा भइसकेका ले शैक्षिक कृयाकलाप बाहेक कुनैपनि राजनैतिक दलको कार्यक्रम गर्न नपाईने बताएका छन् । अहिले सम्पुर्ण अधिकार स्थापित तहलाईनै दिइएकाले यस्ता कृयाकलाप स्थानिय सरकार ले रोक्नु पर्ने उनको भनाई छ
तर बिडम्बना के छ भने गौरीगञ्जको शिक्षा समिति का सँयोजक दिपेन्द्र थापा स्वयं यस पार्टीको निर्वाचनमा उम्मेद्वार बनेकाछन् । शिक्षा समिति ले गत बर्ष देखि नै कोरोनाको कारण देखाएर शिक्षा ऐन र नियमावली विपरित बिद्यालय ब्यवस्थापन समिति हरु वडाध्यक्ष हरु सँयोजक बनाएका छन् । सोहि हैसियतले गौरीगञ्ज माबिको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मखना महतो र खजुरगाछी माबिको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बद्री नारायण यादव हुन् । र यो दुबै जना नेपाली काँग्रेसको वडाधिवेसनको उम्मेदवार हुन् ।
यसअघि केहि महिना अघि गौरीगञ्ज ४ स्थित सरस्वती प्राविको पठनपाठन बन्द गरी गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ ले सो बिद्यालय मा राष्ट्रिय प्रजातन्त्र पार्टी को वडा समिति गठन गरेका थिए भने त्यसबेला पनि गौरीगञ्ज दर्पण डटकम ले खबरदारी गरेको थियो ।
स्थानिय सरकार मा आफु बसेको बेला जनप्रतिनिधि हरुले ऐन र नियमावली विपरित बिद्यालय हरुमा गरिरहेको मनोमानी ले गौरीगञ्ज शैक्षिक क्षेत्रको भविष्य अन्यौल बन्दै गएको छ भने आफु सरकारमा भएको बेला आफु निकटको राजनैतिक दललाई बिद्यालय नै बन्द गरि कार्यक्रम गर्न दिएर गलत नाजिर समेत बसाउन खोजेका छन् । यहि नाजिरलाई टेकेर भोलिका दिनमा सबै राजनैतिक दलको कार्यक्रम गर्ने अखडा बिद्यालय हरुलाई बनाइए गौरीगञ्जको शिक्षा क्षेत्र के होला ? जनप्रतिनिधि हरुले बेलैमा बिचार गर्ने की ?