नेपाल बिद्युत प्राधिकरण मा कुलमान घिसिङ नियुक्त

पढ्न समय: 1 मिनेट

साउन २७, काठमाडौं । कुलमान घिसिङ, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: नियुक्त भएका छन् ।

सदाका लागि लोडसेडिङ अन्त्य गरेका घिसिङलाई मँगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।

- Advertisement -
Ad image

मन्त्री परिषद बैठक ले प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामोसमय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए।

उनको चारवर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुननियुक्ति गरेको थिएन।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्