नेपाली काँग्रेस विराटनगर महानगरको निर्णय : गठबन्धन स्वीकार छैन, लाद्न खोजिए मानिदैन

पढ्न समय: 1 मिनेट


चैत २४, विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर समितिले गठबन्धन बनाएर निर्वाचन जान नसक्ने निर्णय गरेको छ ।

नगर सभापति दिपक चापागाईको सभापतित्वमा बुधबार बसेको बैठकले गठबन्धन अस्वीकार गरेर जाने निर्णय गरेको हो । नगर सभापति चापागाईंले गठबन्धन अस्वीकार गरेर अगाडि बढ्ने निर्णय गरिएको जानकारी दिए । १९ वडा सभापतिसहितको बैठकले गठबन्धन अस्वीकार गर्ने, यदि जर्वरजस्त लाद्न खोजिए नमान्ने निर्णय गरिएको सभापति चापागाईंले बताए । उनले भने -विराटनगरमा गठबन्धन आवश्यक छैन, हामीलाइ चाहिदैन ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्