
नेपाली कांग्रेस को १४ औ महाधिवेशन अन्तर्गत झापाको गौरीगञ्ज वडा नँ १ र वडा नँ ५ मा वडा अधिवेशन सर्वसम्मत बाट चयन भएको छ । सर्वसम्मतिबाट वडा नँ १ मा बिनोद कुमार राजवंशी को नेतृत्व मा वडा समिति गठन भएको छ । वडा सभापतिमा बिनोद कुमार राजवंशी उप सभापति मा देवी लाल राजवंशी र असोक प्रसाद साह, सचिव मा मुकेश राजवंशी र फडिन्द्र नारायण झा, सह सचिवमा बिनोद कुमार लिम्बु र तिर्थ राज ताजपुरिया, खुल्ला पुरुष सदस्यमा केशब राजवंशी, हरिहर राजवंशी, बसन्त प्रसाद सिंह राजवंशी, राजेन्द्र पोद्दार, कृष्ण प्रसाद महतो, र देवनारायण राजवँशी मनोनित भएका छन् । त्यसैगरी खुल्ला महिला सदस्यमा लिला थापा सुबेदी, पार्वती सिटौला र सँगिता चौधरी मनोनित भएका छन् । मधेसी बाट गुलाबचन महतो, अपाङ्गबाट बिष्णु प्रसाद राजवंशी, र अल्पसंख्यक बाट हरसिँह कोच मनोनित भएका छन् । त्यसैगरी खसआर्य पुरुष तर्फ छबिलाल सिटौला , आदिवासी जनजाति पुरुष तर्फ मानसिँह राजवंशी र बिचित्र गोस्वामी, र आदिवासी जनजाति महिला तर्फ, तारा लिम्बु मनोनित भएका छन् ।
त्यसैगरी वडा नँ १ बाट क्षेत्रिय प्रतिनिधि तर्फ खुला पुरुष प्रतिनिधि मा गोपालप्रसाद ढुँगेल, भरतलाल ताजपुरिया, लक्ष्मण राजवंशी, दिनेश्वर प्रसाद राजवंशी, शिवकुमार मैनाली, कार्तिक लाल राजवंशी, नेत्र प्रसाद पौडेल, हरिप्रसाद राजवंशी र भवानी काफ्ले चयन भएका छन् । खुला महिला प्रतिनिधि मा अनुराधा राजवंशी, फुल कुमारी राजवंशी, निर्मला तामाङ, चन्द्र कला राजवंशी, र कल्पना राजवंशी मनोनित भएका छन् । आदिवासी जनजाति पुरुष प्रतिनिधि मा गणेशलाल राजवंशी, सन्तोष कुमार लिम्बु र भिमबहादुर राजवंशी तथा आदिवासी जनजाति महिला प्रतिनिधि मा सोल्मा टुडु र गीताकुमारी राजवंशी मनोनित भएका छन् । त्यसैगरी खसआर्य महिला तर्फ मनकुमारी राउत तथा खसआर्य पुरुष तर्फ बिशाल सिटौला मनोनित भएका छन् मधेसी महिला तर्फ मोहमाया महतो तथा मधेसी पुरुष तर्फ सम्पत लाल महतो अपाङ्ग प्रतिनिधि तर्फ देबेन्द्र नारायण राजवंशी र दलित प्रतिनिधी तर्फ सन्तोष पासवान निर्बिरोध मनोनित भएका छन् ।

गौरीगञ्ज वडा नँ ५ मा पनि वडा अधिवेशन सर्वसम्मत बाट चयन भएको छ । वडा नँ ५ मा वडा सभापतिमा सन्तोष कुमार सिंह, उपसभापति मा पवन कुमार ताजपुरिया र सञ्जय कुमार ताजपुरिया, सचिबमा प्राकाश प्रसाद सिंह गन्गाई र रामलाल सुतिहार, सह सचिवमा बिनोद कुमार गन्गाई र हरिनारायण ताजपुरिया, खुल्ला महिला सदस्यमा कृष्ण बति राजवँशी, मिरा देवी ठाकुर र मङ्गली किस्कु, खुल्ला पुरुष सदस्य तर्फ उमेश राजवंशी, चेरचेरु ताजपुरिया, सञ्जय कुमार सिंह, अति लाल सिँह, मटरलाल गन्गाई, र जितेन्द्र कुमार सिंह, आदिवासी जनजाति महिला सदस्यमा देबकी देवी गन्गाई, आदिवासी जनजाति पुरुष सदस्यमा फुसु ताजपुरिया र मोहिलाल सिंह, खसआर्य सदस्यमा नारायण प्रसाद शिलवाल, मधेसी सदस्यमा महेन्द्र प्रसाद हजाम र दलित सदस्य मा शिबन लाल हरिजन निर्बिरोध निर्बाचित भएका छन् ।

त्यसै गरि क्षेत्रिय प्रतिनिधि मा खुल्ला महिला तर्फ तिला मुर्मु, कैलि ऋषिदेव र सुनिता कुमारी महतो, खुल्ला पुरुष तर्फ जत्रु गन्गाई, सुबोध कुमार सिंह, देवनारायण ताजपुरिया, रत्न बहादुर राजवंशी, अनिल प्रसाद राजवंशी र राजेन्द्र कुमार ताजपुरिया मनोनित भएका छन् । खसआर्य तर्फ धनबहादुर सोडारी, आदिवासी जनजाति महिला तर्फ लिला गन्गाई, र फुलकुमारी राजवँशी मनोनित भएका छन् भने आदिवासी जनजाति पुरुष तर्फ गुणा प्रसाद गन्गाई र ईन्द्रदेब राजवंशी मनोनित भएका छन् । त्यसैगरी मधेसी तर्फ श्याम लाल शर्मा र दलित तर्फ अर्सो लाल हरिजन मनोनित भएका छन् ।
वडा नँ १ मा मतदान अधिकृत खेम ताजपुरिया लाई तोकिएको थियो भने वडा नं ५ मा भिम कोइराला लाई मतदान अधिकृत तोकिएको थियो ।

वडा नँ २ मा पनि केहि पद बाहेक अन्य सदस्य र प्रतिनिधि हरु सर्वसम्मतिबाट चयन भएको छ भने सर्वसम्मत हुन नसकेको पदका लागि भोलि निर्वाचन गरिने कुरा बुझिएको छ । वडा नँ ३, ४ र ६ मा भने नेपाली निर्वाचन प्रणालि बाट अधोबेशन हुने भएको छ ।