नेपाली काँग्रेसको सँसदीय दलको बैठक स्थगित

पढ्न समय: 0 मिनेट

नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएकोमस सभापति एवम् पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक स्थगित गरेका हुन् । तत्काल छलफल गर्नुपर्ने विषय नभएका कारण बैठक स्थगित भएको दलका पदाधिकारीहरुको भनाइ छ ।
यसअघि संसदीय कार्यसम्पादन समितिको बैठकबाटै प्रमुख सचेतक रमेश लेखकले बिहीबार दिउँसो दलको बैठक बस्ने तय भएको बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्