बैशाख ३१ गौरीगञ्ह । झापामा जारी निषेधाज्ञा र नेपाल–भारतको खुला नाका सिल गरिएको अवस्थामा समेत भारतबाट अबैध रुपमा तस्करी हरुको कारोबार रोकिएको छैन ।

तस्करी हरुले भन्सार छलेर अवैध रुपमा मे १ ज १९०८ नम्बरको छोटा हात्ती गाडीमा राखेर दमकतर्फ लैजाँदै गरेको ठुलो परिमाणको पंगास माछाको भुरासहित गाडी सशस्त्र प्रहरी ले गौरीगञ्ज वडा नँ ५ बाट नियन्त्रण लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वार्टर झापाबाट खटिएका सप्रसनि रमेश कुवार नेतृत्वको टोलीले शुक्रवार बिहान ३ बजे गौरीगञ्ज गाउँपालिका ५ बाट मे १ ज १९०८ नम्बरको गाडी सहित ठुलो परिमाणको पंगास माछाको भुरासहित गाडी नियन्त्रण लिएको कुरा गणका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए ।

बरामद माछाको भुरालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालको नेतृत्वमा अस्थायी पशु क्वारेनटाइन चेक पोस्ट भद्रपुर र स्थानीयको रोहबरमा नष्ट गरिएको छ । बरामद गरिएको करिब अढाई क्विन्टल सो माछाको भुराको नेपाली बजार मूल्य साढे पाँच लाख रहेको जनाइएको छ ।