शिक्षक जस्तो गरिमाय पदमा आसिन बहालवाल शिक्षकले सक्रिय राजनीतिमा भाग लिन नपाउने शिक्षा ऐन, २०२८ संसोधन सहित को दफा १६ उपदफा ५ को छ’ मा उल्लेखित व्यवस्था शिक्षा ऐन २०२८ को दफा १६ हुँदा हुँदै सो ऐनको उलंघन गरी गौरादह नगरपालिका मा वहालवाला शिक्षक नेकपा एमाले को नगर सभापति पदका लागि मनोनित भएका छन् । गौरादह नगरपालिका स्थित जनता माबिका शिक्षक मित्रदेब काफ्ले ले शिक्षा ऐन र नियमावली कुल्चिदै राजनैतिक दलको कार्यकारिणी पद अँगालेका छन् । नेकपा एमाले को कार्तिक १६ गते सम्पन्न पहिलो नगर अधिवेशन बाट शिक्षक काफ्ले एमालेको अध्यक्ष पदमा सर्वसम्मत बाट निर्वाचित भएका हुन् ।
ऐन तथा नियमावलीमा भएका व्यवस्था पालना नगर्ने शिक्षकलाई शिक्षा नियमाली, २०५९ संसोधन सहितको परिच्छेद २३ नियम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यवस्था छ ।
गौरादह का नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मीले काप्लेको चयन शिक्षा ऐन र नियमावली विपरित भएको वताएका छन् उनले हाल चाडवाड को बिदाका कारण यसबारे शिक्षा शाखा मा छलफल नभएको र कसैले काफ्ले बिरुद्ध उजुरी दिए आफुले कारवाहिका लागि जिल्ला शिक्षा समन्वय ईकाई मा सिफारिस पठाउने बताएका छन्
उक्त अधिबेशन बाट निर्वाचित अध्यक्ष काफ्ले अबैधानिक भएको कुरा एमालेकै नगर अध्यक्ष का प्रत्यासी बलबहादुर तामाङले बताएका छन् । तामाङले काफ्ले सहित आफुहरु तिनजना चुनाब प्रकृयामा जान उम्मेदवारी दर्ता गराएको तर आफु र राजेन्द्र सुवेदीले उम्मेदवारी फिर्ता नलिईकनै निर्वाचन समितिले जबरजस्ती काफ्लेको पक्षमा निर्णय गर्दै जबरजस्ती नगर समिति गठन गरेको कुरा बताएका छन् ।
तामाङले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् – नेपाल कम्युनिस्ट पार्टी (एमाले)काे प्रथम गाैरादह नगर अधिवेशनकाे अध्यक्षमण्डलले जबर्जस्ती निर्णय गरी निर्वाचन कमिटीलाई सुचना टाँस गर्ने निर्देशन गरेको ले याे कमिटी अबैध रहेको जानकारी गराउद छु। हाल अध्यक्ष पदकाेउमेदवार क.मित्र देव काफ्ले , बल बहादुर तामाङ्ग र क.राजेन्द्र सुवेदी ३ जना रहेकाे र नामाङ्न नै फिर्ता नलिई, उमेदवार संग कुनै सल्लाह समेत नगरी कसरी सर्बसम्मत हुन्छ ?
नगर अधिबेशन प्रतिनिधि समेतलाई समेत गुमराह राखी सर्बसम्मत भएको सुचना टाँस गरेले याे नगर कमिटी अधिबेशनकाे अध्यक्ष मण्डल संग याे निर्णय फिर्ता लिई तुरुन्तै निर्वाचन गराउने ब्यवस्था गरियोस् भन्ने माग गर्दछाैं।
तामाङ्ले एमाले गौरादहको नवगठित नगर समिति अबैधानिक रहेको र यसको बिरुद्ध आफु पार्टी को निर्वाचन आयोग मा उजुरी गर्ने समेत बताएका छन् ।