निजि बिद्यालयहरुको बिद्यालय बन्दको आन्दोलन फिर्ता

पढ्न समय: 1 मिनेट

निजी विद्यालय सञ्चालकहरुले बिद्यालय बन्द लगायतका आन्दोलन फिर्ता लिएका छन् । शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको माग सम्बोधन हुने प्रतिवद्धता आएको भन्दै आन्दोलन स्थगन गरेको हिसानका कोशी अध्यक्ष ज्ञानबहादुर खड्काले जानकारी दिएका छन् ।

मागहरुको विषयमा सरकारले गम्भीरता पूर्वक सरोकारवालाहरुसँग छलफल गरेपछि केन्द्रीय कार्यक्रमको निर्णयहरु स्वतः फिर्ता भएका छन्, हिसान अध्यक्ष्ँ खड्काले भने कोशीमा २८ गतेपछिका कार्यक्रम अब हुनेछैन ।

- Advertisement -
Ad image

निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई लगायतको विषयप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका थिए ।

हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउँदा आफूहरु समस्यामा पर्ने भन्दै निजी शैक्षिक संस्था सञ्चालकहरुले आइतबारदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । अब ती सबै कार्यक्रम स्थगन भएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्