असार ३ गौरीगञ्ज । गौरीगञ्जका नवनिर्वाचित जनप्रतिनिधिहरु लाइ सरकारी निति प्रावधान तथा योजना तर्जुमा बिषयक एक दिने अधिमुखिकरण तालिम दिइएको छ ।
एसएनजेडी नामक गैर सरकारी सँस्थाले आयोजना गरेको अभिमुखिकरण तालिममा बिकास तथा आयोजनाको सँबन्ध तथा बिकास आयोजना छनौटको चरण देखि सम्यन्न हुँदा सम्मका सरकारी प्रावधानहरुको बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रमलाइ गौरीगञ्ज गाउँपालिकाका पुर्व उपप्रमुख दिपेन्द्र थापाले सहजिकरण गरेका थिए भने कार्यक्रमा अध्यक्ष फुलवती राजवँशी लगायत वडाध्यक्ष कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।