नवगठित लायन्स क्लब अफ गौरीगञ्जको ईन्डक्सन, चार्टर प्रेजेन्टेशन तथा ईन्सटलेसन सम्पन्न

पढ्न समय: 1 मिनेट

गौरीगञ्जमा पनि भित्रियो लापन्स क्लब

झापाको पुरानो बजार गौरीगञ्जमा पनि लायन्स क्लब भित्रिएको छ । लायन्स अर्जुन दँगालको नेतृत्व मा लायन्स क्लब अफ गौरीगञ्ज गठन गरिएको हो । केहि समय अघि नै क्लब गठन गरिएपनि गत मँगलबार देखि मात्र क्लबले औपचारिकता पाएको छ ।

- Advertisement -
Ad image

मँगलबार गौरीगञ्ज र गौरादहको सीमामा रहेको प्रभुधाम सेवासदनको हलमा औपचारिक कार्यक्रमको घोषणा गरि क्लबलाई औपचारिकता दिइएकोछ । लायन्स क्लब अफ गौरादहमा अध्यक्ष प्रकाश कार्कीको सभापतित्वमा कार्यक्रम शुरु भइ नव गठित लायन्स क्लब अफ गौरीगञ्जका अध्यक्ष अर्जुन दँगाललाई सभापतित्व हस्तान्तरण गरिएको थियो ।

क्लब का डिष्ट्रिक गभर्नर ३२५ ए वान रवत बहादुर कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बाट चार्टर प्रजेन्टेशन, ईन्डक्सन र ईन्टलेशन कार्यक्रम गरिएको थियो।

कार्यक्रम मा नव गठित लायन्स क्लब अफ गौरीगञ्जका प्रथम उपाध्यक्ष गहेन्द्र बिक्रम साह ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने द्वितीय उपाध्यक्ष नगेन्द्र कुमार ढकालले राष्ट्रिय झण्डाको अभिवादन गरेका थिए । त्यसैगरी लायन्स मखना महतले धन्यवाद मन्तव्य राखेका थिए।

कार्यक्रमा ईलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय नेपाल बैंक लिमिटेड, गौरीगञ्ज क्याम्पस पतञ्जलि योग समिति लगायतका सँघ सँस्था हरुका प्रमुख तथा प्रतिनिधिहरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्