पुस २८, गौरीगञ्ज । गौरीगञज गाउँपालिका को कर्मचारी नियुक्ति विवाद मा राजनैतिक रँग चढ्न थालेको छ । शनिबार र आइतबार गाउँपालिका ले लिएको गणक, सुपरीवेक्षक र कासको लिखित तथा प्रयोगात्मक परिक्षा बिबादमा तानिए लगतै बिभिन्न राजनैतिक दलहरुले चासो लिन थालेको छ ।
गत सोमबार नेपाली काँग्रेसले त्यस बारे चासो लिए लगत्तै आज नेकपा एमाले को गौरीगञ्ज गाउँ कमिटीले गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी ले बुधबार कार्यालय समय भित्र परीक्षाको नतिजा सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेकपा एमाले को गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गोविन्द कुँवर र सचिव श्रवण गिरी द्वारा हस्ताक्षरीत ध्यानाकर्षण पत्र मा परीक्षा को नतिजा प्रकाशन रोक्ने भूमिका निर्वाह गर्न गराउने प्रती हाम्रो कुनै विश्वास नरहेको प्रष्ट पार्ने चाहन्छौ भनिएको छ ।
पत्रमा अत: यहाहरुले गराइसकेको परीक्षा नतीजा यथाशिद ननिकाले गा.पा. को नितीको प्रणाली हवस्त हुने महसुस गरी हाम्रो तर्फबाट आजको कार्यालय समय भित्र परीक्षा नतीजा प्रकाशन नमएमा हामीले हाम्रो तर्फवाट वैधानिक रुपले धर्ना, अन्दिोलनर गा.पा आर्यालय समेत तालाबन्दी गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना हुने जानकारी गराउदछौ भनिएको छ ।
पत्र मा केही समय, अघी यस कार्यालयको तर्फबाट स्वास्थ्यका लगायत केही प्राविधिक कर्मचारीहरुको विज्ञापन आव्हान गरी परीक्षार्थीहरु बोलाएर परीक्षा स्थगन गरीएको घटनाप्रती हाम्रो ध्यानाकर्षण भएको उल्लेख गर्दै गत पौष २५ गते केही प्राविधिक कर्मचारीहरुको सम्पूर्ण रूपले परीक्षा लिइ सकेर अतिम नतिजा प्रकाशन नै स्थगित गरेको घटनाले निकै लाजमर्दो अवस्था सिर्जना भएको महसुस गरीयो समेत भनिएकोछ ।
आज बुधबार साँझ सम्म नतिजा सार्वजनिक नभएपछि भोलि देखि एमालेले गाउँपालिका कार्यालय मा धर्ना लगायतको आन्दोलन गरिने कुरा एमालेका गाउँ कमिटी अध्यक्ष गोविन्द कुँवरले बताए ।
आज कार्यालय समय भित्र नतिजा सार्वजनिक गर्ने माग गरेका थियौं तर साँझ सम्म पनि नतिजा सार्वजनिक नगरेकाले हामी आन्दोलन गर्ने बाध्य भएको कुरा गाउ कमिटी सचिव श्रवण गिरीले बताए ।
परीक्षाको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बेला आईतबार साँझ १३ जना परीक्षार्थी हरुले अध्यक्ष र सम्बन्धित व्यक्तिको मिलेमतोमा परीक्षा मा अनियमितता भएको भन्दै नजिजा स्थगित गर्न माग सहित उजुरी गरेको थियो ।
परीक्षार्थी हरुको निबेदन को आधारमा परीक्षा को नजिजा स्थगित भए सँगै सोमबार नेपाली काँग्रेसको क्षेत्र नम्बर ५ (क) का सभापति जीवन राई सहित नेपाली काँग्रेसको गौरीगञ्ज गाउँ कमिटी ले गाउँपालिका अध्यक्ष र कार्यकारी अधिकृत लाई भेटेर परीक्षा रद्द गर्न माग गरेका थिए भने त्यहि दिन गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा सहित ५ जना वडाध्यक्ष हरुले परीक्षार्थीहरु को उजुरी कै हवाला दिँदै परीक्षा रद्द गर्न माग सहित को उजुरी दर्ता गराएका थिए ।
परीक्षा रद्द गर्न एमालेकै वडाध्यक्ष को हस्ताक्षर
नेकपा एमाले ले परीक्षा को नतिजा यथासिघ्र सार्वजनिक गर्ने माग गरिरहेको बेला उसैको पार्टी बाट निर्वाचित एक वडाध्यक्ष ले गत सोमबार परीक्षा रद्द गर्ने वडाध्यक्ष हरुले दर्ता गराएको उजुरी मा हस्ताक्षर गरेका छन् । वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई ले गत सोमबार गाउँ पालिका उपाध्यक्ष दिपेन्द्र थापा सहित वडाध्यक्ष हरुले परीक्षा रद्द गर्न दर्ता गराएको उजुरी मा हस्ताक्षर गरेका थिए ।