बिहीबार को सहमति अनुसार गौरीगञ्ज गाउँपालिका ले गणक, सुपरीवेक्षक र कासको नतिजा आईतबार सार्वजनिक नगरेपछी आज नेकपा एमाले ले गौरीगञ्ज गाउँपालिका कार्यालयको मुल ढोका अगाडि पुन: धर्ना दिएको छ । नेकपा एमाले गौरीगञ्ज गाउँ कमिटी को नेतृत्वमा भेला भएका पार्टीका कार्यकर्ता हरुले कार्यालय को मुल ढोकामा बिहान १० बजे देखि नै धर्ना बसेका छन् ।
लिइ सकेको परीक्षा को नतिजा सार्वजनिक नगरेपछी एमालेले बिहिबार गाउँपालिका कार्यालय मा धर्ना र तालाबन्दी गरेका थिए । एमाले बिरोध मा उत्रिएपछि सोहि दिन परीक्षा को उत्तर पुस्तिका हरु प्रहरी को जिम्मा लगाउने र आईतबार नतिजा सार्वजनिक गर्ने मौखिक सहमति भएको थियो ।
किन गरिएन आइतबार नतिजा सार्वजनिक
नतिजा सार्वजनिक गर्ने सहमति भएपनि आईतबार नतिजा सार्वजनिक गरिएन । नतिजा सार्वजनिक गर्ने ईलाका प्रहरी कार्यालय गौराीगञ्ज मा राखिएको उत्तर पुस्तिका हरु गाउँपालिका लगिएपनि काँग्रेस र माओवादी को तर्फबाट नतिजा रोक्न सँयुक्त रुपमा ज्ञापनपत्र बुझाईएको थियो । ज्ञापनपत्र मा लोकसेवा नियम बिपरित लिईएको परीक्षा को नतिजा प्रकाशित भए त्यसबाट उत्पन्न परिस्थिति को जिम्मा गाउँपालिका स्वयम् ले लिनु पर्ने भनिएको थियो ।
काँग्रेस र माओवादी को त्यो ज्ञापनपत्र आएपछि उपाध्यक्ष दिपेन्द्र थापा ले प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ लाई सोमबार एकपटक सर्वपक्षीय छलफल पछि मात्र नतिजा सार्वजनिक गर्ने भनेका थिए ।
गत २४ र २५ गते गौरीगञ्ज गाउँपालिका ले लिएको गणक सुपरीवेक्षक र कासको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बेला १३ परीक्षार्थी हरुले नतिजा स्थगित गर्न उजुरी दिएका थिए । सो उजुरी सँगै वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी, वडा नं २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी, वडा नं ३ का वडाध्यक्ष मखना महतो, वडा नँ ४ का वडाध्यक्ष कुलप्रसाद गिरी र वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादव ले नियम बिपरित परीक्षा हलमा पुगेर नतिजा स्थगित गर्न दबाब दिएका थिए । त्यसको भोलिपल्ट नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका मा डेलिगेसन गई नतिजा रोक्न माग गरिएको थियो भने वडाध्यक्ष हरुको तर्फ बाट नतिजा रद्द गर्ने माग पत्र दर्ता गराईएको थियो ।