• माघ ९, २०७७
  • Madan Rajbanshi
  • 0

माघ ९: गौरीगञ्ज । ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनञ्जय साह धरौटीमा रिहा भएका छन् । तिन जना गैर नेपालीलाइ (तिब्बति नागरिक) लाइ नेपाली नागरिकता दिएको अभियोगमा उनि गत पुस १२ गते पक्राउ परेका थिए ।
जिल्ला अदालत झापाले शुक्रबार उनलाई २ लाख रूपैयाँ धराैटीमा रिहा गरेकाे हाे । उनलाइ अदालतमा उपस्थित हुने गरि तारेखमा छोडिएको कुरा श्रोतले बताएको छ । उनीसँगै पक्राउ परेका कार्यालय सहयोगी २४ बर्षीय आसिर आलम र गाैरादह नगरपालिका – ७ का ५९ बर्षीय कृष्ण तिम्सिना पुर्पक्षका लागि कारागार चलान गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रबक्ता राकेश थापाले जानकारी गराएका छन् ।