• अशोज ४, २०७८
  • Madan Rajbanshi
  • 0

झापा । सरकारले गौरीगञ्ज छुने १० सडक सहित झापाका ६० सडक आयोजनाहरु खारेज गरेको छ । खारेज हुनेमा झापाका ६० सहित नेपाल भरका १४ सय भन्दा बढी सडक आयोजनाहरु छन् ।


अर्थमन्त्री जनार्दन शर्माले झापाका ६० सहित देशभरका १४०० सडक आयोजना आयोजना खारेज गरेका छन् । प्रतिनिधिसभामा संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेज गरेका हुन् । प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएका छन् ।।


तत्कालिन ओली सरकारले सुरु गरेका १४ सय भन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरिएको हो ।


सो प्रतिस्थापन विधेयकमा गौरीगञ्जलाई जोड्ने १० सडक आयोजनाहरु खारेजी मा परेका छन् । सतासीधाम मन्दिर –झिलिझले हुदै–हवल्दार चोक जनता चोक हुदै–होकलबारी–इन्डिया बोडर सडक, गौरादह मिलनचोक फकिरदिप खजुरगाछी फत्तेपुर सडक , गौरादह बैगुनधुरा कोरोवारी सडक , कोहबारा ग्वालडुब्बा महाभारा सडक, कमल गाउँपालिका गुहाबारी स्कुल –रंगपुर–बार्हघरे–स्कुलचौन बजार–ज्ञानबहादुर चोक –दामुन हुँदै खजुरगाछी जोड्न सडक कालोपत्रे , कमल गापा को क्याम्पा हुँदै समयगढ – गौरादह – हासखोला ठकठके–ठेकीटोला सडक कालोपत्रे, शिवसतासी ४ जनता बजार, पाथीभरा स्कूल बोलोचोक, ओडारीचोक, गद्दीगाउँ, माहाभाराचोक, कुन्जीबारबजार, भन्सार हुदै बिरपुरसम्मको सडक, डिपु– खरेल डाँडा –बरगाछी जामवाडी–गौरीगञ्ज खानेपानीसम्मको सडक, पाण्डे कामत पश्चिम गिरी टोल बगुवा बेलडाँगी बगाह चोक सडक कालोपत्रे र्, गौरादह ४ र ५ स्कूलचौन डोरामार बनिया टोल गौरीगञ्ज सडक कालोपत्रे आयोजना खारेज गरिएकोछ ।

यसरी खारेजिमा पर्ने झापाका अन्य सडक आयोजनाहरुमा बिर्तामोड सैनिकबजार सैनिक चोक गोलधाप राजगढ भारत सीमा सडक, लक्ष्मीपुर घैलाडुब्बा फेरावासी सीमा सडक, वितार्बजारबाट मियाबारी हुदै बुट्टावारी जाने बाटो, गरामनी गोलधारा भुटानी शरणार्थी शिविर पुवातुवारी चारआली सडक, शरणामती खालिङ चोक देखि ९ कि मि जंङगे पिलरसम्मको कालोपत्रे सडक, महेन्द्र राजमार्ग –रतुवा पुल पश्चिम – बालुवाटार चकर्पथ धरान टोल, शनिश्चरे बजार सडक, लखनपुर मंगलबारे मयुरभिट्टा शिवगंज सडक, दमक सेतुमारी सडक , पाठामारी वालुवारी सडक , पथरिया सुकुनाडिगी चौक देखि बगान बजार हुँदै घेरावारी गाविस कायार्लयसम्मको सडक, धरमपुर ५ मंगलवारे बस्नेत टोल सडक, दमक चियादोकान दहदा सेतिमारी बालुबथान गौरादह ड्रेन सहित कालोपत्रे रहेको छ ।

यसैगरी दमक बुद्ध चौक हिमावि ढुकुरपानी गोलाटार मोरङको महेश चौक मधुमल्ला टांडी ड्रेन सहित कालोपत्रे, कोहवरा शनिश्चरे बालुवथान महारानीजोडा गौरादह बैगुनधुरा हुदै शिवगंज जाने बाटो कालोपत्रे गौरादह ५, विर्तामोड शनिश्चरे बुधबारे सडक, महेन्द्र राजमार्ग धईजनमोड दुवागढी गाबिस कार्यालय कृष्ण प्रणामी मिन्दर पाथुवारी भद्रपुर, नगरपालिका सडक, (भद्रपुर १२ –हाल भद्रपुर ९) मेची राजमार्ग लक्ष्मीचोकबाट मेथीबारी अस्मिता चियाबगान हँदुै ज्यामिरेगल्लि सडक, पारिजात चोकबाट श्रीकृष्ण प्रणामी भद्रपुर १२ –हाल भद्रपुर ९) हुँदै मेची पुलसम्मको सडक, दमक कृष्णमिन्दर पिङ डाँडा धरानटोल सातोमारा आमबारी हुँदै मोरङको इटहरा जोड्ने सडक, कालोपत्रे आयोजना देउवा सरकारको खारेजीमा परेको छ ।

गौरादह तिनको गुराँसचोकबाट पश्चिम मझुवा दोरामारी चप्रामारी हुदै मोरङको झुनामारी जोड्ने सडक अजुर्नधारा नपा साविक गरुवाचोकबाट इलाम लक्ष्मीपुर भालुखोप जोड्ने सडक, भद्रपुर नपा ७ डाँफेचोकबाट काली मिन्दर मार्ग, दशरथ मार्ग हँदै अन्जनी मोड जोड्ने सडक, बिर्तामोड नपा मुक्तिचोक हुँदै शनिश्चरे जयपुर बुधबारे सडक, खोपवाडीबाट बारघरे स्कुल डाँडा देवनीया चोक सेन्ट जेभियर्स किसानभिट्टा केयर कुवारे गरामनी बजार हुँदै भसावारी सडक, भद्रपुर ९ देवकोटा चोक मेथीबारी मार्ग सातपाखे, विर्तामोड भद्रपुर सडक खण्डको नेपालचोक हुँदै विर्तामोड ७ को रजनीध्वज मार्ग डाडागाउँको रेखाचोक सम्मको करिब ५ किमि सडक कालोपत्रे बनाउने ओली सरकारको योजनामा वर्तमान सरकारले कैची हानेको छ ।

कन्काई नपा ४ कोटीहोम, त्रिवेणी मार्ग टेक्रा, रुधिला लालपानी हुदै मदरगाछ बजार जनकल्याण मा.बि. सम्म सडक कालोपर्ते निमार्ण , गौरादह ४ जोरघरे दक्षिणबाट मैदान घोपा रंगपुर जोड्ने देवि मार्ग सडक, दमक पूव–पश्चिम राजमागर्बाट शहिद रत्नकुमार बान्तवा भवन– दमक सभाहल चन्द्रमा चोक हुँदुै सेतुमारी जोड्ने सडक कालोपत्रे, कमल गा.पा. २ को अधिकार टोलस्थित छाता चोक देखि सुनहरा हँदै बैगनधुरा सडक कालोपत्रे , बितामोड २ चैतबारी देखि महारानी चोक हुँदै बिहीवारे बजारसम्मको सडक स्तरोन्नति , चैैतुबारीबाट बिहीबारे, बुधबारे बाहर्दशी गा.पा. ५ कला मार्ग, मोती मा.वि. चोकबाट देवीथान किस्ने खोलासम्मको सडक कालोपत्रे, मेची न.पा. ७ बासबारी मार्गमा पक्की नाली निमार्ण, मेचेडाँगी तिरिङ हुुदै पातापुर झापा मदन भण्डारी लिंक रोड सडक, गरामनी–बैशु मार्ग, चारआली व्यारेक सडक स्तरोन्नति, बितामोड–शनिश्चरे–जयपुर –बुधबारे सडक कालोपत्रे , धुलाबारी मंगलबारे गणेश मा.वि. टिमाइ पुल आइतबारे कालोपत्रे निर्माण रोकेको छ ।

काँकरभिट्टा बसपार्कबाट दक्षिण सतिघट्टा जाने सडक खानेपानी कायार्लयबाट अगाडी दक्षिण पूर्व जाने दोस्रो बाटो विश्वनाथ पुग्ने बाटो मेचीनगर ६, गौरीमाया पुलदेखि ढकाल चोक सडक शिवसतासी १, शिवसतासी ११ नहरचोक गार्डेन लेयार्स फर्म बरपपल चोक, सुखानी सहिद पार्क नरमाया मार्ग तीनपाने बाली गाउँ सडक अजर्नधारा, भृकुटी बजार पितृ चोक दिपज्योत बरपीपल मेचीनगर, दमक ८ रुपाचोक शिखर टोल दिपेनी मार्ग सडक झापा र काठेलाईनबाट दिपेनी मार्ग दमकलाई देउवा सरकारले निर्माण नहुने गरि खारेज नै गरेको छ ।