• मंसिर १७, २०७८
  • Madan Rajbanshi
  • 0

मँसिर १७ गौरीगञ्ज । बिहाबार दिउसो गौरादह ७ ग्वालडुब्बामा भएको दुर्घटनामा स्थानीय सिता साहको मृत्यु भएपछि न्याय तथा उचित छति पुर्ति को माग गर्दै स्थानीय तथा मृतकका आफन्तहरुले ग्बालडुब्बा बजारमा प्रदर्शन गरेका छन् ।आज दिउसो गौरीगञ्ज दमक सडकको ग्वालडुब्बा खण्डमा स्थानीय तथा आफन्त हरुले सडकमा टायर बाली सडक अबरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ‌।

प्रत्यक्ष दर्शीहरुका अनुसार बिहिबार दिउसो स्थानीय सुवास न्यौपाने को बा ८ च ७७३५ नँबरको भ्यान अनियन्त्रित भइ ग्वालडुब्बा बजार पुर्वको भित्रि गल्लीमा उभिरहेकी अन्दाजी बर्ष २८ कि स्थानीय सिता साहलाई ठक्कर दिदा उनको मृत्यु हुनुका साथै अन्य तिन जना घाइते भएका थिए । मृतक साह ४ महिनाकी गर्भवती रहेको कुरा परिवार श्रोतले बताएको छ ‌ ।

दुर्घटना पछि वडाध्यक्ष बलराम खरेल लगायतका कुनैपनि जनप्रतिनिधि मृतकको घरमा सान्त्वना दिन नआएको गुनासो स्थानीय हरुको छ । मृतक साहका ५ बर्ष का छोरा र ७ बर्षकी छोरी छन् । स्थानीय हरुले मृतकक नाबालक सन्तान हरुको भविष्य का लागि जनप्रतिनिधि हरुले न्याय को पहल गरिदिनु पर्ने कुरा बताएका छन् । यद्यपि घटना भएको एक दिन बितिसक्दा समेत जनप्रतिनिधि हरुले घटना को बारे चासो नलिनु दुखद भएको कुरा स्थानीय हरुले बताएका छन् ।

गाडी धनि सुवास न्यौपाने र चालक अशोक माक्रा लाई नियन्त्रण मा लिए आवश्यक कारवाही अघि बढाएको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।