माेरङकाे रंगेली कानेपाेखरी सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका वडा नम्बर ८ स्थित दर्वेशा चाेक नजिकै सबारी दुर्घटना हुदाँ एक काे मृत्युु भएको छ । कानेपाेखरी बाट रंगेली आउने क्रममा मे १ ख २२९१ नम्बर काे ट्रक तिव्र रुपमा आईरहेकाे र साेही स्थान बस्ने बर्ष २८ का शनि राजवंशी ठक्कर दिदा घटना स्थलमै मृत्युु भएको स्थानीयले बताए ।
त्यसैगरी मोरङ धनपालथान गाउँ पालिका ३ मोरीयापुल स्थित रंगेली बिराटनगर सडक खण्ड नजिकै पश्चिम बाट पुर्व तर्फ आउदै गरेको प्रदेश नम्बर १-०४-००१ ख ००२२ नम्बरको बसले बिपरित दिशा बाट जादै गरेको साईकल यात्री रंगेली नगरपालिका ३ बस्ने वर्ष ३१ को उमेश पासवान र साईकलमा पछाडी सवार निजको श्रीमती वर्ष २८ कि रेखा पासवान लाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते लाई उपचारको लागी रंगेली अस्पताल पठाएको रेखा पासवान लाई उपचारको लागी रंगेली अस्पताल ल्याई पर्या उदा नै मृत्यु भएको र श्रिमान उमेश पासवानको टाँउको ,निधार , हात खुट्टामा चोट अवस्था गम्भिर घाइते भएको र बिराटनगर स्थित न्युराे अस्पतालमा उपचार भई रहेको रंगेली प्रहरीले जनाएको छ । सबारी चालक ईलाका प्रहरी रंगेली काे नियन्त्रणमा रहेकाे प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।