दुबइमा ११ जनालाई अलपत्र परेको समाचार लेखेपछि पत्रकार लाई हात काटिदिने धम्की

पढ्न समय: 1 मिनेट

फागुन २ गौरीगञ्ज । गौरीगञ्जका ९ सहित ११ जना युवाहरु लाई भिजिट भिसामा दुबइ पठाएर अलपत्र परेको समाचार सोमबार गौरीगञ्ज दर्पण डटकम मा छापिए पछी उनिहरुलाई भिजिट भिसामा दुबइ पठाउने सञ्जय महतोले समाचार लेख्ने पत्रकार लाई हात काटिदिने धम्की दिएका छन्।

- Advertisement -
Ad image


उक्त समाचार लेख्ने गौरीगञ्ज दर्पण डटकम का सम्पादक मदन राजवँशीलाई दिउसो ४ बजेर २६ मिनेटमा फोन गर्दै सो धम्की दिएका हुन् । फोनमा उनले थानामा कागज गरि सकेपनि किन समाचार लेखेको भनि धम्क्याएका थिए । उनले पत्रकार राजवँशीलाई धम्की दिदै तिमिलाई के गर्नु पर्छ मैले जानेको छु भनेका छन् ।

समाचार मा चित्त नबुझे कानुनी उपचार खोज्ने प्रावधान हुदा हुदै उनले पत्रकार राजवँशीलाई डर धाँक देखाउदै सो धम्की दिएका छन् ।

उनले विभिन्न प्रलोभनमा पारेर अबैध रुपमा भिजिट भिसाबाट गौरीगञ्जका ९ सहित ११ जनालाई दुबइ पठाएर बिगत २४ दिनदेखि दुबइमा अलपत्र परेका छन् । ११ जना युवा दुबइमा अलपत्र पारेपछी शुक्रबार तिनका अभिभावक हरुले ईलाका प्रहरी कार्यालय गौराीगञ्ज मा उजुरी दिएका थिए भने आईतबार पिडितका अभिभाबक तथा पिडक बिच छलफल चलाईएको थियो ‌ । छलफल पछी पिडक महतोले भिजिट भिसा सकिन केहि दिन बाँकी रहेको हुँदा सो अवधिमा उनिहरुलाई भने जस्तो काम लगाई दिने र लगाउन नसके फिर्ता ल्याइदिने सहमति भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्