गाैरीगंज १९, फागुन / वैदेशिक राेजगारका क्रममा दुवईमा अलपत्र परेका गाैरीगंजका ८ सहित १० जना युवालाई एजेन्टले रकम फिर्ता गर्न सहमत भएका छन् ।


बुधबार ईलाका प्रहरी कार्यालय गाैरीगंजमा दुवै पक्षबीच भएकाे छलफल पश्चात एजेन्ट सञ्जय महताेले जनही १ लाख ४२ हजार रूपैय पिडितहरूलाई फिर्ता गर्ने सहमति जनाएका हुन् ।
उनले पिडितहरूलाई जनही १ लाख ४२ हजार गरी १४ लाख २० हजार रूपैयाँ तीन किस्तामा असार मसान्त सम्म रकम फिर्ता गर्ने सहमत जनाएका छन् । एजेन्ट महताेले भिजिट भिसामा उनीहरूलाई माघकाे पहिलाे हप्तामा मासिक १२ सय ७५ रियाल तलबमा ग्यास प्लान्टमा काम लगाईदिने भनी दुवई पठाएका थिए ।

गौरीगञ्ज ३ नुर महम्मद, दिपक सह, वडा नँ ६ का मोहम्मद शाहजाद आलम, महम्मद समिम हुसेन, मोहम्मद मोहम्मद मुन्ना, मोहम्मद नजिम, राकेश यादब, धिरज कुमार यादव, मोरँग रतुवामाई का मोहम्मद आजाद र नसिम आजाद दुबइमा अलपत्र परेका थिए । भिजिट भिसाको म्याद सकिदा समेत एजेन्ट महतोले काम नलगाई दिएको र फिर्ता पनि नबोलाईदिएपछी उनिहरुका आफन्तहरु ले रु २ लाख २० हजार खर्च गरेर उनिहरुलाई उद्दार गरि स्वदेश फिर्ता ल्याएका थिए ।
एजेन्टले भने बमाेजिम काम नपाएपछि घर फर्किएका ती युवाहरूले आफुहरूले दिएकाे रकम फिर्ता पाउनु पर्ने भन्दै ईलाका प्रहरी कार्यालय गाैरीगंज पुगेका थिए ।

गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापा लगायतको उपस्थिति मा पिडित र पिडक पक्ष बिच छलफल चलाईएको थियो । पिडितहरुलाई दुबइ पठाउनु अघि भिजिट भिसामा दुबइ पठाएका हरुको भिजिट भिसा वर्किङ भिसामा परिणत गरि भने अनुसारको काम लाउन नसके उनिहरुलाई फिर्ता ल्याईदिने, र सबै रकम फिर्ता गर्ने सहमति कागज गरेको भएपनि छलफल को शुरुमा पिडक सञ्जय महतोले रकम फिर्ता नगर्ने अडान सकेपनि सामाजिक दवाब पछी उनि जनहि रु १ लाख ४२ हजार का दरले असार मसान्तसम्म रकम फिर्ता गर्न सहमत भएका थिए । यद्यपि पिडितहरुले सबै रकम छतिपुर्ती नभएको गुनासो गरेका छन् । आफुहरुले एक महिना सम्म मानसिक यातना सहनु परेको र फिर्ता ल्याउन लागेको खर्च तथा बिदेश पठाउदा ब्याज मारकम उठाएको ले सो को सामाजिक छतिपुर्ती समाजले भराउन नसकेको उनिहरुको गुनासो छ ।

सञ्जय ले पठाएका अझै दुइ जना दुबइमा अलपत्र
सञ्जय महतोको प्रलोभनमा परि भिजिट भिसामा दुबइ पुगेका गौरीगञ्जका थप दुई युवा दुबइमा अलपत्र परिरहेका छन् ‌ । अलपत्र पर्नेमा गौरीगञ्ज ३ कै सञ्जय महतो र पुरन महतो रहेको कुरा उनिहरुका आफन्तहरु ले बताएका छन् । यि मध्ये पुरन महतोले दुबइमा काम पाए पनि उनको भिजिट भिसा वर्किङ भिसामा परिणत नगरिदिएको कुरा पुरन महतोको श्रीमती रुक्मणी महतोले बताएकि छिन् । भिजिट भिसा वर्किङ् भिसामा परिणत गरिदिन भन्दा महतोले आफुलाई उल्टै हप्काउने गरेको कुरा उनले बताएकी छिन् । त्यसै गरि वडा नं ४?३ कै अर्का युवा सञ्जय महतो ले शुरुमा काम पाए पनि अहिले बेरोजगार बनेको र उनले घर फर्किन चाहदा समेत उनलाई घर नफर्काइदिएको र काम पनि नलगाइदिएको कुरा उनकी दिदी रुक्मणी महतोले बताएकी छिन् । उनिहरु दुबै जना बिदेशमा मानसिक तनावमा रहेको कुरा आफन्त हरु ले बताएका छन् । बुधबारको छलफलमा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले यस बारे कुरा उठाएपनि पिडक सञ्जय महतोको तर्फबाट कुनै जवाफ आएन् ।