दुइ लाख रुपैयाँ घुस सहित सुन्दरहरैंचाका लेखा अधिकृत पक्राउ

असार २२, मोरँग । रु २ लाख घुस लिँदा लिँदै सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई अख्तियारको टोलीले उनको कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको छ ।

ढकाललाई इटहरीबाट खटिएको अख्तियारको टोलीले घुस वापत लिइएको २ लाख रकम सहित शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

लेखा अधिकृत घुस सहित रंगेहात पक्राउ गरेको खबर सुन्नसाथ सुन्दरहरैंचाका बिभिन्न वडाहरुबाट स्थानीयहरु नगरपालिका परिसरमा भेला भई भ्रष्टाचार विरुद्ध चर्का नाराबाजी गरेका थिए । उनिहरुले लेखाअधिकृत एक्लैले सो घुस वापत नलिएको दावी गर्दै नगरपालिकाका अन्य उपल्लो तहका व्यक्तिहरुको समेत संलग्नता लिएकाले चित्तबुझ्दो तरिकाले छानविन हुनु पर्ने माग राखेका छन् ।

सुन्दरहरैंचा नगरपालिकामा पहिलाबाटै कर्मचारीहरुले बिभिन्न बहनामा सेवाग्राहीलाई दुःख दिई मोटो रकम असुल्दै आएको चर्चा भएको तर सो चर्चालाई ढकाल पक्राउ परेपछि पुष्टि गरेको सुन्दरहरैंचाबासीको दावी छ । प्रहरी सहित आएको अख्तियारको टोलीले लेखा अधिकृत ढकाललाई उनकै कार्यकक्षमा रंगेहात पक्राउ गरे लगत्तै अरु कसैलाई सो कार्यकक्षमा प्रवेश गर्न नदिई निकै लामो समय लगाएर मुचुल्का तयार पारेको थियो ।

अघिल्लो लेखमानबनियुक्त मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्न माग सहित सर्बोच्चमा रिट दायर
अर्को लेखमानवनियुक्त मुख्य मन्त्री थापा सुटुक्क गौरीगञ्जमा