पुस १६, गौरीगञ्ज । गौरीगञ्जको रैथाने ईतिहास लोप भइरहेको बेला गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गाउँपालिका को वडा नंवर २ को रैथाने ईतिहास झल्काउने गरि बगाहा चौधरीको शालिक स्थापना गरेका छन् । अध्यक्ष श्रेष्ठले आफ्ना दिवँगत बुबा भाईराजा श्रेष्ठ र आमा खेमकुमारी श्रेष्ठ को स्मृति मा आफ्नै निजि लगानीमा सो स्तम्भ स्थापना गरेका छन् ।

बिज्ञापन

स्थानीय तह निर्माण हुनु अघि कोरोबारी गाबिस अन्तर्गत पर्ने सो वडामा वगाहा चौधरी को आफ्नै महत्व छ ‌ । उनि यस क्षेत्रमा मिथकका रुपमा रहेका छन् ‌ । उनि कुनै बेला दैबिक शक्ति ले युक्त यस क्षेत्रका युग पुरुष रहेको अनेकौ किम्बदन्ती तथा मिथक कथाहरु यस क्षेत्रमा अहिले पनि चर्चित छन् ‌ । सो क्षेत्रका बासिन्दा हरुले पुस्तौ देखि बगाहा चौधरीलाई ग्रामदेबता महाराज का रुपमा पुज्दै आएका छन् ‌ ।

श्रेष्ठले आफु स्थानिय तहको निर्वाचित भएमा सरकार को तलब सुविधा नलिने घोषणा गरे अनुरुप त्यहिँ तलब सुविधा को रकम बाट रु ५ लाख २५ हजारको लगानिमा सो स्तम्भ स्थापना गरेका हुन् । यस अघि उनले आफ्नो तलब सुबिधा को रकम बाट गौरीगञ्ज क्याम्पस मा केहि गरिब तथा जेहेन्दार विद्यार्थीहरु लाई उच्च शिक्षा दिलाई रहेका छन् ‌।

शनिबार वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी को अध्यक्षता मा एक औपचारिक कार्यक्रम गरि सो शालिक अनावरण गरिएकोछ । अध्यक्ष श्रेष्ठले अनावरण गरि सो स्तम्भ वडा लाई हस्तान्तरण गरेका हुन् ‌