• फाल्गुन २७, २०७८
  • Madan Rajbanshi
  • 0

फागुन २७, गौरादह । आरम्भ फाउन्डेसन ,झापाको आयोजनामा गौरादह ६ स्थित दामुनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।‌

उक्त स्वास्थ शिबिर बाट २ सय ५२ जना बिरामी हरुले स्वास्थ्य सेवा प्राप्त गरेका छन् जस मध्ये १ सय २७ महिला र १ सय २५ पुरुष ले सेवा लिएको कुरा आयोजक ले जनाएको छ ।

मेडिम्याक्स अस्पताल गौरादहको प्राविधिक सहयोग र स्थानिय गोल्डेन गोल स्पोर्टिङ क्लब ,दामुनाको सहयोग मा आयोजित स्वास्थ्य शिविर को उद्घाटन कार्यक्रम को अध्यक्षता आरम्भ फाउन्डेसन झापा ,अध्यक्ष श्री रमेश रपालले गरेका भने कार्यक्रमका प्रमुख अतिथी मेडिम्याक्स अस्पताल गौरादह का अध्यक्ष श्री बुद्धि मान कार्कीले शुभकामना मनब्य राखेका थिए । आरम्भ फाउन्डेसन झापा संयोजक:- श्री डा.अर्जुन घिमिरे ले कार्यक्रम संचालन को उदेश्य माथि प्रकाश पारेका थिए । उदघाटन सत्रमा गौरादह-६ का वडाध्यक्ष -खडग प्र पराजुली ,टोल बिकास अध्यक्ष डिल्ली राम श्रेष्ठ , दामुना बजार समिति अध्यक्ष देब ना बिस्ट लगायत को उपस्थिति रहेको थियो ।