दसैँको मुखमै मुगुमा बस दुर्घटना : २३ जनाको मृत्यु

पढ्न समय: 1 मिनेट

मुगुमा भएको बस दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गईरहेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १८ जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा उद्धारकार्य जारी रहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अहिलेसम्म २३ जनाको मृत्यु भएको जानकारी दिए।

- Advertisement -
Ad image

यस्तै १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जनाएका छन् ।

बस दुर्घटनापछि उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्