चैत १७ भरतपुर । त्रिशुली नदीमा ट्याक्सी खस्दा ५ जनाको निधन भएको छ भने एक जना नदिले बगाएर वेपत्ता भएका छन् ।
काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा ७ बजेको समयमा चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकै सडकबाट करिब ८० मिटर तल त्रिशुली नदिमा खसेको हो ।
दुर्घटनामा परी ट्याक्सी चालक गोर्खा-७ का अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल , ट्याक्सीमा सवार जिल्ला गोर्खा-७ का नै ४१ वर्षीया हरिमाया रोकाय , ७० वर्षीया जुनकिरी रोकाय ,२८ वर्षीय अन्जना रोकाय र ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको हो।
बेपत्ता भएका १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला नपरेका प्रहरीले जनाएको छ। उनको खोजी कार्य भइरहेको जनाइएको छ।
ट्याक्सीमा सवार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोली खटिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।