पुस २३ गौरीगञ्ज । एकै पटक तिम्ल्याहा बच्चा पाउने आमा र बच्चाहरुलाइ जर्मनबाट सहयोग आएको छ । गौरीगञ्व वडा नँ ४ की रबिना ताजपुरिया र उनका तिन वटा बच्चाहरुका लागि जर्मनी बस्दै आएका नेपाली गजेन्द्र न्यौपानेले रु ३० हजार बराबरको सहयोग पठाएका छन् ।
गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरको पहलमा जर्मन निबासी गजेन्द्र न्यौपानेले आमा रबिना ताजपुरिया र तिम्ल्याहा बच्चाहरु ब्रम्हा बिष्णु र महेशका लागि कोक्रो न्यानो कपडा र खाद्यान्ह सहित नगद समेतको सहयोग पठाएका हुन् । न्यौपानेले गौरीगञ्ज २ स्थित पुष्प बरुवाल फाउण्डेशन मार्फत सहयोग पठाएका हुन ।
आज गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर पुष्प बरुवाल फाउण्डेशनका प्रतिनिधिहरु महेश कोइराला र हरी दाहाल सहितको टोलीले वडा नँ ४ सुकुम्बासी टोल स्थित उनिहरुको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका थिए ।