डिजेल र मट्टितेलको मूल्य घट्यो

जेठ २, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ ।
नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ । नयाँ मुल्य सुची अनुसार अब डिजेलको प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको मूल्य यथावत राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।

अघिल्लो लेखमारेशम चौधरी लाई सर्वोच्च अदालतले पनि दिएन सफाइ
अर्को लेखमारेशम चौधरीको पार्टी द्वारा ५ दिन नेपाल बन्दको घोषणा