मँसिर २५, गौरीगञ्ज । गौरीगञ्ज ३ ठेकिटोल स्थित ठेकिटोला कृषि सहकारी संस्था ले आफ्नो ११ औ साधारण सभा सम्पन्न गरेको छ । शनिबार गौरी प्राविको प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरेको हो । अध्यक्ष को तर्फ बाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी का अध्यक्ष सुशिल राईले आर्थिक वर्ष ७७-७८ को अन्त्य सम्म सहकारी ले सेयर सदस्य सँख्या २ सय ५८ जना पुर्याउन सफल भएको बताए । उनले सहकारी को बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गर्दै बाल बचत, महिला बचत, कृषि समुह बचत लगायतका योजनाहरु सञ्चालन गरिने कुरा बताए ।

साधारणसभा

लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति सँयोजक हेमलाल गर्तौला ले आर्थिक बर्ष ७७-७८ मा सहकारी ले ८ लाख ३० हजार रुपैयाँ मुनाफा गरेको बताए ।

गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्ष श्रेष्ठ लगायत वडा नं ३ का वडाध्यक्ष मखना महतो, सहकारी का सल्लाहकार निलहरी काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।