गौरीगञ्ज ३ ठेकिटोलमा वडा कार्यालय ले बनाएको ग्राभेल बाटो एक कृषि उद्यमीले नामेट हुनेगरी भत्काई दिएका छन् । रिमाल टोलमा सञ्चालित नेचुरल फिस एण्ड मिट प्रा लि ले कृषि फारमका लागि जग्गा सम्याउने नाममा लाली गेउरिया तरेर खानेपानी आयोजना जाने ग्राभेल बाटो नामेट हुनेगरी भत्काई दिएका छन् । सो बाटो खानेपानी आयोजना समिति र वडा नँ ३ को कार्यालय को लागतमा २ बर्ष अघि ग्राभेल गरिएको थियो ‌ ।

प्रा लि ले सडक मात्र भत्काएका छैनन् लाली गेउरिया नदि नै थुनिने गरि जग्गा समेत अतिक्रमण गरेका छन् ‌ ।

प्रालिले अतिक्रमण गरेको लालि गेउरिया

ठेकिटोल खानेपानी उपभोक्ता समितीका अध्यक्ष केदार ढुँगेलले बाटो भत्काउन रोक्दा समेत प्रा लि ले अटेर गरि बाटो भत्काएको बताएका छन् । प्रालिले खानेपानी समिति सँग समन्वय नै नगरी बाटो भत्काएको र रोक्न आउदा समेत नटेरेको बताए ।
स्थानीय हेमलाल गर्तौला का अनुसार बैगुनधुरा जोड्ने सो बाटो बर्षौ देखि स्थानीय हरुले प्रयोग गर्दै आएका र वडा कार्यालय ले दुइ बर्ष अघि ग्राभेल गरि दिएको बताए ।

प्रालिले बाटो भत्काएपछी

खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष ढुँगेलका अनुसार लालि गेउरिया पुर्व दमक निवासी पुर्णमल अग्रवाल र पथरी निवासी हर्क राईले खानेपानी आयोजना का लागि सो स्थानमा ७ कट्ठा जग्गा दान दिएको र सो आयोजना स्थल जोड्ने सडक हर्क राईको नँबरी जग्गा रहेपनि उनले मौखिक रुपमा बाटो प्रयोग गर्न सहमति दिएपछि सो स्थानमा खानेपानी आयोजना को भवन निर्माण गरिएको कुरा बताए ‌ । खानेपानी आयोजना को भवन निर्माण भइसकेपछी आसपासको जग्गा राईले नेचुरल फिस एण्ड मिट प्रा लि लाई बेचेको कुरा बताए । तर प्रा लि ले वडा कार्यालय लाई समेत जानकारी नदिई वडा कार्यालय ले बनाइदिएको बाटो भत्काएको गुनासो गरेका छन् ।

प्रालिले माटो सम्याउने क्रममा चर्किएको खानेपानी को नया सँरचना

प्रा लि ले बाटो भत्काएपछी अहिले लालि गेउरिया देखि खानेपानी आयोजना भबन सम्म जाने बाटो नै छैन । बाटो मेटाएर प्रालिले बाटोका ग्राभेल रोडा हरु लालि गेउरिया खोलाको डिल अतिक्रमण गर्न प्रयोग गरेका छन् ।

सो जग्गा को सधियार तथा स्थानीय रमेश वाग्लेले प्रालिका सञ्चालक हरुले सधियार हरु सँग समेत नसोधी आफुहरुको साँध सिमाना मेटाउने सधियारहरुको जग्गा समेत अतिक्रमण गरी रहेको बताए । स्थानीय निलहरी काफ्ले ले प्रा लि का सञ्चालक हरुले लालि गेउरिया अतिक्रमण गरि गाउँनै डुवानमा पार्ने प्रपञ्च गरेको बताए गत वर्ष प्रालिले नदि थुनेको र सो बाट गाउँ नै डुबानमा परेको बेला नदि खुलाउन वडाध्यक्ष लाई नै गुहार्नु परेको गुनासो गरे । स्थानीय युवा सुशील राईले प्रालिको हेपाहा प्रवृत्ति का कारण स्थानीय हरु हैरान भइसकेको बताए ‌ ।

सहमती

स्थानीय बिर बहादुर नागवँशीले गत १ बर्ष देखि जोतभोग गर्दै आएको प्रालिको जग्गाको सिमाना सँग जोडिएको ऐलानी जग्गा समेत प्रा लि ले कब्जा गरेको पाईएको छ ‌ भने खानेपानी आयोजना को नजिकै वातावरण मा असर पर्ने गरि प्रालिले कृषि फार्म बनाइ रहेको छ ।

प्रालिले मनोमानी ढंगले काम गर्ने थाले पछी खानेपानी आयोजना उपभोक्ता समिति र स्थानीय हरुले वडा कार्यालय मा छुट्टा छुटै उजुरी दर्ता गराएका थिए । उजुरी पछी वडा नं ३ का वडाध्यक्ष मखना महतो को रोहबरमा खानेपानी आयोजना का पदाधिकारी, स्थानीय र प्रालिका सञ्चालक सागर न्यौपाने बिच छलफल चलाइएको छ ‌ । छलफलमा सहभागी स्थानीय हरुले प्रालिले भत्काएको सडक तुरन्त बनाइ दिन माग गरेका छन् ‌ । प्रालिले माटो सम्याउने नाममा खानेपानी आयोजना को चर्काएको सँरचना समेत मर्मत गर्न प्रालि सँग माग गरेका छन् ‌ । खानेपानी आयोजना को नजिकै कुखुरा फार्म सञ्चालन गर्दा बताबरण लाई प्रत्यक्ष असर पर्ने भएकाले सो कार्य तत्काल रोक्न समेत माग गरिएको छ । छलफल मा प्रालिका प्रतिनिधि सागर न्यौपाने ले तत्काल भत्काएको सडक बनाउने, बिर बहादुर नागवँशीले कमाई आएको ऐलानी जग्गा फिर्ता गर्ने र बनाईरहेको सँरचना तत्काल बनाउन रोक्नु पर्ने लगायतका सर्त राखि स्थानीय र प्रालि बिच सहमति पत्रमा हस्ताक्षर गराइएको छ ‌ ।