ठेकिटोलमा काँग्रेसको टोल समिति

पढ्न समय: 1 मिनेट

साबिकको गौरीगञ्ज वडा नँ ८ मा नेपाली काँग्रेसको टोल समिति गठन गरिएको छ । शुक्रबार गौरीगञ्ज वडा नँ ३ का वडा सभापति यादव श्रेष्ठ को अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा को उपस्थिति मा बसेको भेलाले धनपति चुँडालको सँयोजकत्वमा १३ सदस्यीय टोल समिति गठन गरिएको हो ।

- Advertisement -
Ad image

समितिको सह सँयोजकमा कृत्यानन्द पोद्दार, सचिवमा श्रीप्रसाद तिम्सिना, कोषाध्यक्ष मा लक्ष्मी थापा तथा सदस्यहरु मा नोमबहादुर बस्नेत, गजेन्द्र वान्तवा, धिरन नागवँशी, लक्ष्मी ठाकुर, मोहन प्रकाश राई, भगवत माझी, मुना राई, बिशाल आचार्य र सँखर ताजपुरिया चयन भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्