ट्याक्टरबाट लडेर गौरीगञ्जका एक बालकको ज्यान गयो

पढ्न समय: 1 मिनेट

ट्याक्टरबाट लडेर गौरीगञ्जका एक बालकको ज्यान गयो ।

बैशाख १९ झापा । बिहिबार भएको एक सवारी दुर्घटनामा एक बालकको ज्यान गएको छ । हिजो बिहिबार बिहान ९ बजे आसपास गौरीगंज गाउँपालिका २ बाहुन टोलस्थित भित्री सडकमा भएको दुर्घटनामा बाबुले कुदाइ रहेको ट्याक्टरबाट लडेर छोराको मृत्यु भएको स्थानियहरुले बताएका छन् ।

- Advertisement -
Ad image

ट्याक्टर चालक स्थानिय साइला मुर्मुका छोरा अन्दाजी ८ बर्षका बालक देवराज मुर्मुको ज्यान गएको हो ।  मे १ त ६२०० नम्बरको ट्रयाक्टर बाहुन टोलबाट पूर्व चियाबगानतर्फ जाँदै गर्दा ट्रयाक्टर बाट झर्ने क्रममा अचानक लडेका थिए । नाक र छातीमा चोट लागेर घाइते भएका बालकलाई दमक हस्पिटल एण्ड रिसर्च सेन्टर पुर्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको कुरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्