
भदौ २९, तनहुँ । टिकटक बनाउने क्रममा सेती नदिमा खसेर एक नब विवाहित बेहुली बेपत्ता भएकी छिन् । तनहुको शुक्लागण्डकी नगरपालिका–८ पुलचोक रक गार्डेन स्थित सेती नदी मा खस्दा नवविवाहिता बेहुली बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको कुरा ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
उनको ५ दिनअघि मात्र विवाह भएको र दुल्हन फर्काउन माइत आएकी थिइन् ।

मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएकी हुन् । उनी रक गार्डेन को काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी र चिप्लिएर नदीमा खसेको कुरा उनका साथीहरुको भनाइ लाई उद्रित गर्दै प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।
नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।