रबिन्द्र बराल ।
रंगेली नगरपालिका ७ मा रहेको टाईम्स हस्पिटल ले आँखा उपचार तथा सल्यक्रिया सेवा सुरु गरेको छ । विशेषज्ञ डाक्टर सहित काे सेवा रंगेली पहिलो पटक गरिएको हाे । पछिल्लो समयमा अस्पतालमा अध्यक्ष तथा पदाधिकारी हरु काे हेरफेर भए संगै अस्पतालमा थप सेवा हरु सन्चालनमा ल्याएकाे छ । अस्पतालमा बिगत का दिन हरुमा २४ घन्टा एमर्जन्सि , दैनिक विरामी जाँच सेवा फिजिसियन सेवा, प्रस्तुति तथा स्त्री रोग सेवा, नवजात शिशु तथा बाल रोग, हाडजोनी तथा नशा रोग , छाला तथा यौन रोग, दन्त उपचार लगायत सेवा हरु समेत दिदै आईरहेकाे थियोे । बिगत बर्षाे देखि रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका ,रतुवामाई नगरपालिका र धनपालथान गाउँ पालिकाका स्थानीय हरु ले आँखा काे सफल अप्रेशन गर्नेका लागि रंगेली देखि २२ किलोमिटर टाढा प्रदेशकाे राजधानी पुगेर मात्रै सफल आँखाकाे अप्रेसन गर्नुपर्ने बाध्यता रहेता पनि अबका दिनमा भने आफ्नै गाउँ घर नजिकै सफल उपचार गराउन पाउँदा आफू हरु खुशी भएको स्थानीय हरेराम मुखिया ले बताए । अध्यक्ष सुब्बा का अनुसार यश भेग का गरिव परिवार हरु ले बर्षाे देखि अहिलेसम्म पनि आँखामा माेतियविन्दु बाेकेर हिड्ने गरेकाे र अब हामी हरु ले नै यहिबाट सेवा दिएपछि अबका दिन हरु मा कसैले पनि आफ्नो राेग नलुकाई नवस्न र समयमै उपचार गराउन सल्लाहा समेत दिएका छन । अन्यत्र भन्दा टाईम्स अस्पताल ले हरेक सेवामा गरिव परिवारलाई सहुलियत र सहज हाेस भनेर कम रकम मा सेवा दिदै आईरहेकाे समेत सुब्बा ले बताए।
एक दिने निशुलक आँखा शिविर मा १ सय ६० जना ले आँखा चेकजाँच गराएका थिए । ७० जना बृद्ध हरु काे माेतिया बिन्दु फेला परेकाे र उनिहरु काे अस्पतालमै केही दिन पछि बृद्घ हरु काे सल्यक्रिया समेत गरिने टाईम्स अस्पताल का अध्यक्ष भक्त सुव्वा ले बताए ।