झापा र मोरँगमा बढारिए पुराना दल

पढ्न समय: 6 मिनेट

- Advertisement -
Ad image

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाले झापा र मोरँगमा पुराना दलहरु नराम्ररी बढारिएका छन् । कुनै बेला एमालेको किल्लाको रुपमा चिनिएको झापा र काँग्रेसको बिरासतको रुपमा रहेको मोरँगमा अहिले यि दलहरुले आफ्नो बिउँ समेत जोगाउन सकेनन् ।

शुरुमा चर्चा गरौ झापाको ।

२०२९ सालमा भएको सुखानी हत्या काण्ड पछी कम्युनिष्टहरुको गढकै रुपमा चिनिएको झापा जिल्लामा २०७९ सम्मको निर्वाचनमा एमालेकै बर्चस्व रहदै आएको थियो । तर यो पटकको निर्वाचनका झापाली जनताहरुले एमालेको पता नै साफ गराइदिएको छ । झापामा एमालेका हेबी वेटेड उम्मेदवारहरु केपी ओली देबराज घिमिरे र एलपी साँवा लगायत सबैलाइ रास्वपाका उम्मेदवारहरुले भारी मतान्तरले पछी पारि दिएका छन् ।

झापा निर्वाचन क्षेत्र नँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार निशा डाँगीले काँग्रेस उम्मेदवार केशबराज पाण्डेलाइ ३५ हजार १ सय ३० मतको फराकिलो अन्तरले पछी पार्दै जीत हात पारेकी छन् । उनले ४५ हजार ६ सय ८० मत ल्याएर जित हात पार्दा काँग्रेसका उम्मेदवार पाण्डेले १० हजार ५ सय ५० मत मात्र पाएका छन् यो क्षेत्रमा एमाले उम्मेदवार रामचन्द्र उप्रेती चौथो बनेका छन् भने उनलाइ श्रम सँस्कृती पार्टीका उम्मेदवार केवलराम राइले २ हजार भन्दा बढि मतले पछि पारिदिएका छन् ।

त्यस्तै झापा क्षेत्र नँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्दिरा राना मगरले एमाले उम्मेदवार देवराज घिमिरेलाइ ४८ हजार ७ सय ४२ मतको भारी मतान्तरले पछि पार्दै जित हात पारेकी छन् । रास्वपाकी राना मगरले ६० हजार १ य १० मत ल्याउँदा एमालेका घिमिरेले ७ हजार २ सय ९१ मत मात्र पाएका छन् । यो क्षेत्रमा काँग्रेसकी उम्मेदवार सरिता प्रसाइले ५ हजार ६ सय १६ मत ल्याएर तेश्रो भएकी छन् ।

त्यस्तै झापा क्षेत्र नँ ३ मा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठकले राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनलाइ २१ हजार ३ सय ८० मतको अन्तरले पराजित गरेका छन् । रास्वपाका पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएर जित हात पार्दा राप्रपाका लिङ्देनले १७ हजार २ सय ९४ मत मात्र पाएका छन् ।

झापा क्षेत्र नँ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले एमाले उम्मेदवार एलपी साँवालाइ ३१ हजार ६ सय ४५ मतको मतान्तरले उछिनेका छन् ।

रास्वपाका उमम्दवार ढकालले ४३ हजार ६ सय ३१ मत ल्याएर बिजयी हुदा एमालेका सँवाले  ११ हजार ९ सय ८६ मत मात्र ल्याउन सके ।

यता सर्वाधिक चर्चाको बिषय बनेको झापा क्षेत्र नँ ५ मा त झन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले देशभरमा फराकीलो मतान्तरको रेकर्ड नै कायम गरेका छन् । झापा ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले एमाले उम्मेदवार केपी शर्मा ओलीलाइ ४९ हजार ६ सय १४ मतको फराकीलो मतान्तरले उछिन्दै जीत हात पारेका छन् । रास्वपाका बालेन्द्र शाहले ६८ हजार ३ सय ४८ मत पाएर बिजयी हुँदा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ७ सय ४३ मत मात्र ल्याएका छन् । यो मत परिणाम अघिल्लो चुनाब को उनकै प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र पाण्डब अधिकारीले पाएको मत भन्दा पनि निकै कम मत हो । अघिल्लो चुनाबमा ओलीका प्रतिस्पर्धीका रुपमा रहेका अधिकारीले झण्डै २४ हजार मत पाएका थिए ।

त्यस्तै मोरँगमा पनि सबै क्षेत्रहरुमा राष्ट्रिय स्वतन्त्र का उम्मेदवारहरु नै निर्वाचित भएका छन् । मोरँग क्षेत्र नँ १ मा रास्वपाका उम्मेदवार यज्ञमणी न्यौपानेले २७ हजार २ सय ६७ मत पाएर निर्वाचित भएका छन् भने क्षेत्र नँ २ मा रास्वपाका कृष्ण कुमार कार्की ४० हजार ९ सय ४० मत पाएर निर्वाचित भएका छन् ।

त्यस्तै मोरँग क्षेत्र नँ ३ मा रास्वपाका गणेश कार्कीले ३६ हजार ९ सय २४ मत पाएर निर्वाचित भएका छन् भने मोरँग क्षेत्र नँ ४ मा रस्वपाका सन्तोष रानजवँशी ४० हजार ८ सय ३३ मत पाएर बिजयी भएका छन् ।

उता मोरँगको क्षेत्र नँ ५ मा रास्वपाकी आशा झा ३० हजार ४ सय ३४ मत पाएर बिजयी भएकी छन् भने क्षेत्र नँ ६ मा रास्वपाकी रुबिना आचार्य ५५ हजार ५ सय १३ मत ल्याएर निर्वाचित भएकी छन् ।

समग्रमा हेर्दा बिगत साढे तिन दशक देखि पुराना दलका झुठा आश्वासन र उनिहरुको सिण्डीकेटबाट बाक्क दिक्क भइ सकेका झापा र मोरँगका जनताले यसपटक परिवर्तन चाहेका छन् । यस पालीको परिवर्तनको मतदान पुराना दलका नेताहरुका लागि सबक हो । आउदा दिनका पुराना दलका पुराना नेताहरुले आफुलाइ नसुधारे अबको ५ बर्ष पछी उनिहरुको अस्तित्व नै लोप हुन सक्ने जनताहरुले बलियो जवाफ दिएका छन् । तर यसो भन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको यो जनादेशलाइ सम्मान पनि गर्न सक्नु पर्छ । जनताले अब सडक र पुल पुलेसा जस्ता भौतिक निर्माणको बिकास होइन अब सुशासन स्वास्थ्य र शिक्षा जस्ता मानबिय र सामाजिक बिकास चाहेका छन् भनेर उनिहरुले बुझ्न सक्नु पर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको यो जनादेशको सम्मान नगरे आउँदो चुनाबमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाइ पनि भित्ताको छेउ नपुर्याउला भन्न सकिदैन । आखिर जनता नै जनार्दन हुन  । हेक्का रहोस ।   

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्