असार २७, कुमरखोद । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जना विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै उपाध्यक्ष अञ्जुदेवि थपलिया कार्यवाहक बनेकी छन् ।
मुद्धा दायर भएसँगै आज झापा गाउँपालिकामा बसेको बैठकले उपाध्यक्ष थपलियालाई कार्यवाहक अध्यक्षको जिम्वेवारी दिइएको हो । अख्तियारले दायर गरेको मुद्धाको टुगो नलागेसम्म थपलियाले अध्यक्षको भूमिका निर्वाह गर्नेछिन् ।
झापा गाउँपालिकाको लक्ष्मीमार्ग सडक ग्राबेलमा भ्रष्टाचार भएको भन्दै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह सहित ११ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी,सहित ११ जनाविरुद्ध काठमाडौँ विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले बुधवार उनीहरुविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।