• बैशाख ७, २०७९
  • Madan Rajbanshi
  • 0

केन्द्रमा भागवण्डा मिलिसके पनि झापामा गठबन्धन दलहरुबिच अझै सहमति हुन सकेको छैन । झापामा सत्तारुढ गठबन्धनमा फेरि छलफल प्रारम्भ भएको छ । चार दिनदेखि बस्न नसकेको बैठक आज बसेको बुझिएको छ ।

छलफल सकारात्मक दिशामा अघि बढेको छ, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य एवम् झापाका सहइञ्चार्ज सिपी कडरियाले भने – घेरा क्रमश : साँघुरिदैछ, तर पूर्ण निष्कर्षमा पुग्न सकिरहेको छैन ।

आज साँझसम्म सबै पालिकामा भागवण्डा मिलाउने योजना बनाएको गठबन्धनमा सहमति जुट्न सकेन । झापामा कांग्रेस र माओवादीका कारण सहमति हुन नसकेको नेकपा समाजवादीले आरोप लगाउँदै आएको छ । सम्मानजनक संख्या प्राप्त नभए एक्लै चुनावमा जाने समाजवादीको धारणा छ । यता, माओवादीले दुई दिनअघिसम्म गठबन्धनमा ७०-३० को अडान राखेको थियो ।

कांग्रेसका नेता सुधिर शिवाकोटीले गठबन्धनमा सबैले एक कदम पछि हट्नुपर्ने बताइरहेका छन् ।

(इजलास दैनिक बाट)