जोखिम न्यूनीकरण गर्न सुनिलस्मृती गाउँपालिकामा प्रकोप नक्सा

पढ्न समय: 1 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

जोखिम न्यूनीकरण गर्न सुनिलस्मृती गाउँपालिकामा प्रकोप नक्सा

बैशाख २ रोल्पा । बिपद जोखिम न्युनिकरण गर्न सुनिलस्मृति गाउँपालिकाले प्रकोप नक्सा तयार पारेको छ । गाउँपालिकाले पालिका तथा वडा स्तरीय प्रकोप नक्सा तयार भएको जनाएको छ । ।
गाउँपालिका, साहस नेपाल र आइएनएफ नेपाल रोल्पा शाखाको संयुक्त प्रयासमा नक्सा निर्माण कार्य सम्पन्न गरिएको कुरा स्थानिय रेडियो मालश्री एफएमले जनाएको छ ।

वडा नम्बर १, ४, ७ र ८ का नक्साहरू आइएनएफ नेपाल रोल्पा शाखाबाट र गाउँपालिका तथा वडा नम्बर २ ३, ५ र ६ का प्रकोप नक्सा साहस नेपालद्वारा तयार पारिएको जनाइएको छ । प्रकोप नक्सा निर्माणमार्फत विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ कुरा गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्