फागुन २०, गौरीगञ्ज – गौरीगञ्ज ६ खजुरगाछी स्थित जेष्ठ नागरिक भजन कीर्तन मण्डलीले दोश्रो सम्मान कार्यक्रम सम्पन्न गरेको छ । खजुरगाछी स्थित राधाकृष्ण मन्दिर मा सम्पन्न भएको कार्यक्रममा मण्डलीले सञ्चारकर्मी सहित ५ जनालाई विशेष सम्मान गर्नुका साथै मणडलीका सदस्य हरुलाई उपस्थिति को आधारमा सम्मान पत्र प्रदान गरेको छ ।
मण्डली का अध्यक्ष तथा जेष्ठ नागरिक सँघ गौरीगञ्जका उपाध्यक्ष रामकृष्ण यादबको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मण्डलीलाई बिभिन्न रुपमा सहयोग गर्ने ५ जनालाई विशेष सम्मान गरिएको हो । सम्मानित हुने मा विशिष्ट दाता भारती देवी साह, शँकर ताजपुरिया, बद्री नारायण यादब, तुर्का प्रसाद यादब र गौरीगञ्ज दर्पण डटकम का सम्पादक मदन राजवँशी मनप्रीत रहेका छन् । उनिहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरि मण्डली ले आफ्ना नयाँ सदस्य हरुलाई सदस्यता पत्र समेत बितरण गरेको थियो ।
वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादबको प्रमुख आतिथ्यता तथा महिला सशक्तीकरण का सँयोजक तथा काँग्रेस नेतृ फुलवारी राजवंशी को बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य राधा अधिकारी र वडा सदस्य हरु मुकेश साह र गदिम राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मा मण्डली का अध्यक्ष रामकृष्ण यादबले बार्षिक प्रगति बिबरण पेश गरेका थिए ।
वडा समितिले पाउनुपर्ने सम्मान एकलौटी वडाध्यक्षलाई –
गौरीगञ्ज गाउँपालिका वडा नं ६ को वडा समिति ले वडाको बजेटबाट जेष्ठ नागरिक भजन कीर्तन मण्डली लाई रु ४० हजार रकम सहयोग गरेपनि मण्डली ले वडा नं ६ वडाध्यक्ष लाई मात्र सम्मान गरिएको छ । मण्डललाई वडाको गत वर्षको बजेटबाट विभिन्न सामग्री खरिदका लागि रु ४० हजार रुपैयाँ दिइएकोमा सो वापतको सम्मान वडाध्यक्ष बद्री नारायण यादवलाई मात्र गरिएको छ ।
सामान्यतया वडा बाट विनियोजन हुने रकम जनताबाटै उठाएको कर बाट विनियोजन हुन्छ र सो रकम बिनियोजन गर्न वडाध्यक्ष लगायत वडाका वडासदस्य हरुको समान भुमिका रहन्छ । तर शुक्रबारको कार्यक्रम मा वडा सदस्य हरु राधा अधिकारी,उदिम राई र मुकेश साह को उपस्थिति रहेपनि सम्मान पत्र वडाध्यक्ष यादवलाई मात्र दिइएकोछ । सम्मान पत्र मा उल्लेखित विवरणमा समेत वडाध्यक्ष यादवलाई ब्यक्तिगत सम्मान गरेको जस्तो देखिन्छ । सम्मान पत्र मा लेखिएको छ – श्री बद्री नारायण यादव गौरीगञ्ज गा.पा-६ , श्री ज्येष्ठ नागरिक भजन किर्तन मण्डलीको दोश्रो सम्मान कार्यक्रमको शुभ अवसरमा तपाई जिल्लाका गैरीगज गा पा वार्ड न. ६ निवासी बुवा स्व. डोमनलाल यादव आमा स्व. साको देवी यादवको काखबाट मिति २०२८ साल वैशाख १६ गते जन्म भई जिल्ला अररीया हसनपुर निवासी बुवा रामेश्वर प्रसाद यादव आमा लक्ष्मी देवी यादवको छोरी सरिता देवी यादव सग विवाह यन्धनमा बाधी राजनैतिकको क्रममा २०७४ साल गौरीगंज गा.पा. वार्ड न. ६ को वडा अध्यक्षमा निर्वाचित भई तपाईले बिनयोजत बजेट हाम्रा ज्येष्ठ नागरिकलाई मान सम्मान गर्दै श्री ज्येष्ठ नागरिक भजन किर्तन मण्डली लाई भजन किर्तन सामाग्री उपलब्ध गराउन रु. ४०,००० अक्षरेपी रू चालिस हजार रकम सहयोग गर्नु भएकोमा श्री ज्येष्ठ नागरिक भजन किर्तन मण्डलीको तर्फबाट तपाईको उत्तरोत्तर प्रगति सुस्वास्थ दिर्घायुको हार्दिक मंगलमयी शुभ कामना सहित स धन्यबाद यो सम्मान पत्र प्रदान गरिएको छ ।
सामान्यतया वडाको बजेटबाट बिनियोजन गरिएको सहयोग रकमको लागि सो सम्मान पत्र वडा कार्यालयमा ईतिहास का रुपमा राखिने गरि समग्र वडा समिति लाई हस्तान्तरण गरेको अवस्थामा सुनमा सुगन्ध हुने देखिन्छ ।