जिल्ला आयुर्वेदको नागरिक आरोग्य अभिमुखीकरण सम्पन्न

असार १७, गौरीगञ्ज । गौरीगञ्जमा नागरिक आरोग्य सँबन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर को आयोजना मा भएको सो कार्यक्रममा नागरिक ले आरोग्य रहन गर्नुपर्ने दैनिक योग, खानपान तथा नित्यकर्म हरुको बारेमा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रम मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाट आएका डा. अनिल यादबले निरोगी रहन दैनिक योग नित्यकर्म को समय र तरिका तथा दैनिक खानपानको बारेमा सहजिकरण गरेका थिए भने कबिराज निरिक्षक टेकनाथ अर्याल े स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम मा गौरीगञ्जका जनप्रतिनिधि, स्वास्थ्य स्वयं सेविका, स्वास्थ्यकर्मी, तथा शिक्षक हरुको उपस्थिति रहेको थियो ।

अघिल्लो लेखमाआयोगमा दर्ता भयो रबि लामिछानेको स्वतन्त्र पार्टी : चुनाव चिन्ह गोलाकार भित्र घण्टी
अर्को लेखमाश्रीमतीलाई थुनेर घरमा आगो लगाई हत्या गरेको आरोपमा श्रीमान पक्राउ