जामबाडी मा फेला परेको बम निष्कृय पारियो

पढ्न समय: 1 मिनेट

पुस १२ गौरीगञ्ज । झापाको गौरादह नगरपालिका ७ जामबाडीमा हिजो फेला परेको बम डिस्पोज गरिएको छ । चारआली बाट आएको नेपाली सेना को बम् डिस्पोजल टोलिले गए राति ९ बजे सो बम् डिस्पोज गरेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक राकेश रेग्मीले बताएका छन् ।
हिजो स्थानिय भक्तबहादुर खत्री को खेतमा खेल्ने क्रममा केटाकेटी हरुले सो बम् फेला परेका थिए । केटाकेटीहरुले सो बम लाइ ट्याक्टरको सामान भन्ठानेर घर लिएर आएका थिए । पछी गाउँलेहरुलाइ सो बस्तु बम जस्तो लागेपछी प्रहरीलाइ खबर गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्