मँसिर २८ प्युठान । प्युठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्युठानको ऐरावती गाउँपालिका–२, बरौलाबाट खलंगाको बुढाचौरतर्फ जन्ती लिएर आउँदै गरेको लु ३ च ६८७४ नम्बरको स्कार्पियो बरौला स्थित मोति माबिको पुरानो भवननजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान ११ बजे स्कार्पियोको अगाडिको टायर पङचर भई ‘ब्रेकफेल’ भएर दुर्घटना भएको र गाडीको ठक्करबाट अगाडि बाटोमा हिँडिरहेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए । दुर्घटनामा अन्य केहि घाइते भएको बुझिएको छ ।
दुर्घटनामा घाइते भएकाहरूको उपचार जिल्ला अस्पताल बिजुवारमा भइरहेको प्रहरीले बताए ।