भदौ ३१, गौरीगञ्ज । नियम अनुसार वडाध्यक्ष हरु सँबन्धित वडाका स्वास्थ्य सँस्थाका सँचालन समिति अध्यक्ष हुन् । तसर्थ वडा भित्र का स्वास्थ्य चौकी, लगायतका स्वास्थ्य सँस्था हरुको बार्षिक कार्य समिक्षाको गोष्ठीमा वडाध्यक्ष हरुको उपस्थिति अनिवार्य मानिन्छ । तर गौरीगञ्ज गाउँपालिका को स्वास्थ्य शाखा ले बिहिबार आयोजना गरेको यहाका स्वास्थ्य सँस्था हरुको बार्षिक समिक्षा कार्यक्रम मा वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई बाहेक कुनै पनि वडाका वडाध्यक्ष हरुको उपस्थिति देखिएन ।
हाल गौरीगञ्ज गाउँपालिका को ६ वटै वडामा आधारभूत स्वास्थ्य चौकी देखि प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य सँस्था हरु सँचालनमा छन् । आम मानिसको स्वास्थ्य सँग जोडिएको जनस्वास्थ्य र स्वास्थ्य सँस्था को सेवा र समिक्षा जस्तो सँबेदनशील बिषयमा समेत वडाध्यक्ष हरुको उपस्थिति नहुनु ले यहाँका वडाध्यक्ष हरु जनताको स्वास्थ्य प्रति उत्तरदायी नभएको देखिएको छ ।
समिक्षा कार्यक्रम मा यहाँका स्वास्थ्य सँस्था हरुले बर्ष भरी गरेको काम तथा सेवा प्रवाहका क्रममा भएका कमीकमजोरी हरुको समिक्षा गरिएको थियो । कार्यक्रम मा आगामी दिनहरुमा स्वास्थ्य सँस्था हरुले दिनु पर्ने सेवा र सेवा प्रवाह मा सुधार गर्नु पर्ने पक्षमा समेत छलफल भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे को प्रमुख आतिथ्यमा सम्पन्न समिक्षा गोष्ठीमा सभापतिको आसन बाट बोल्दै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले जनस्वास्थ्य जस्तो सम्वेदनशील विषमा वडाध्यक्ष हरु उदासीन देखिएको र आफ्ना वडाहरुको स्वास्थ्य सँस्थाको अध्यक्ष का हैसियतले वडाध्यक्ष हरु सँबेदनशील बन्न नसकेकोमा दुःख व्यक्त गरेका थिए । अध्यक्ष श्रेष्ठले वडाध्यक्ष हरु महिनामा एक पटक पनि स्वास्थ्य सँस्था को सँचालक समिति को बैठक नडाक्नु र जनस्वास्थ्य कस्तो बिषयमा छलफल नचलाउनु गौरीगञ्ज बासि कै लागि बिडम्वना भएको बताए छन् ।
स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र का अनुसार गौरीगञ्जका ६ वटै वडाका वडाध्यक्ष हरुलाई हिजो पटक पटक कार्यक्रम को बारेमा स्मरण गराउदा समेत वडाध्यक्ष हरु अनुपस्थित भएका हुन ।
स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र ले सहजिकरण गरेको गोष्ठीमा गौरीगञ्जमा सँचालित स्वास्थ्य सँस्था हरुका प्रमुख हरुले आ-आफ्ना सँस्थाको बार्षिक प्रतिवेदन तथा प्रगति बिबरण प्रस्तुत गरेका थिए ।