चौपाया छाडा छोड्ने लाई पाँच सय रुपैयाँ जरिवाना


साउन २७ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ को कार्यालय ले छाडा चौपाया छोड्ने लाई जरिवाना तिराउने निर्णय गरेको छ । मँगलबार बसेको वडा समितिको बैठक ले सो निर्णय गरेको हो । वडा कार्यालय को कम्पाउन्डमा फुल लगायतका विरुवा हरु रोपेको मा दिउसो छाडा छोडिएका चौपाया हरुले विरुवाहरू नष्ट गर्ने थालेपछि अब चौपाया धनि सँग चौपाया छाडा छोडिएको हरेक पटक रु ५ सय जरिवाना तिराउने निर्णय गरेको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताए ।

सचेतना

बैठकले कोरोना सँक्रमण को फैलदो जोखिमलाई मध्यनजर गर्दै कार्यालय मा आउने सेवा ग्राही हरुलाई अनिवार्य मास्क प्रयोग गराउने मास्क लगाएर नआए सेवा नदिने समेत निर्णय गरेको छ ।

अघिल्लो लेखमाएसएनजेडी द्वारा गौरीगञ्ज गाउँपालिका लाई स्वास्थ्य सामग्री हस्तान्तरण
अर्को लेखमानेपाल बिद्युत प्राधिकरण मा कुलमान घिसिङ नियुक्त