चैत ५, गौरीगञ्ज । स्ववियु को चुनाव लाई प्रभाबित पार्ने गरि गौरीगञ्जमा नेबिसँघले भोज भतेर गरेको छ । आईतबार गौरीगञ्ज बहुमुखी क्याम्पसमा स्ववियु को निर्वाचन चलि रहदा सो निर्वाचन आफ्नो पक्षमा पार्ने गरि क्याम्पस को छेवैमा एक कर्मचारी को घरमा नेबिसंघ को भोज भतेर भइरहेको छ ।
नेबिसंघले गौरीगञ्ज गाउँपालिकाका कर्मचारी वडा नँ २ का वडा सचिव अजय साहको आगनमा टेन्ट लगाएर भोजभतेर को आयोजना गरेको हो । एक बहालवाला कर्मचारी ले आफ्नोे घरमा दल वा भातृसँगठन को कार्यक्रम गर्न पाईन्छ र भन्ने जिज्ञासा मा वडा सचिव साहले गाउँपालिका का केहि काँग्रेस आबद्ध जनप्रतिनिधि हरुले आग्रह गरेका ले आँगन प्रयोग गर्न दिएको बताएका छन् । साहले भने अनुसार भोज भतेर स्थलमा गौरीगञ्ज गाउँपालिका का केहि बहालवाला जनप्रतिनिधि हरु समेत खटिएका थिए ।
स्वतन्त्र विद्यार्थी युनियन को चुनाव भनिएपनि मनोनयन दर्ता को दिन देखि स्ववियु चुनाव मा दुबै बिद्यार्थी सँगठनका तर्फ बाट दलका नेता हरु प्रत्यक्ष रुपमा हाबी भएका छन् । आईतबार बिहान क्याम्पस हाता भित्र चुनाव भइरहँदा गेट बाहिर बहालवाला वडाध्यक्ष, सरकारी बिद्यालय का शिक्षक लगायत एमाले तथा काँग्रेस का स्थानीय नेता हरुको बाक्लो उपस्थिति रहेको थियो भने गेट बाहिर बसेर उनिहरु आ-आफ्नो भातृ संगठन हरुको लागि भोट पनि मागिएका थिए ।
निर्वाचन आचारसंहिता अनुसार चुनाव लाई प्रभाबित पार्ने गरि कुनै गतिविधि गर्न पाईदैन ।
यस अघि गौरीगञ्ज क्याम्पस को ईतिहास मा स्ववियु निर्वाचनको समय आचारसंहिता विपरित दल वा सँगठन हरुले भोजभतेर गरेको परम्परा थिएन । पछिल्लो समयमा स्ववियु चुनाव बिशुद्ध बिद्यार्थी हरुको चुनाव नभएर राजनैतिक दलहरुको झोला बिसाउने चुनाव का रुपमा परिणत हुँदै गएको छ ।