चुनाव नजिकिँदै गर्दा उपाध्यक्ष दिपेन्द्र थापा ले दिए पदबाट राजीनामा

पढ्न समय: 3 मिनेट

बैशाख ६ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापा ले पदबाट राजीनामा दिएका छन् । सोमबार उनले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ समक्ष पद बाट लिखित राजीनामा दिएको हुन् ।

- Advertisement -
Ad image
राजिनामा पत्र


राजिनामा पत्र मा उनले झापा जिल्लाको गौरीगंज गाउपालिकामा २०७२ सालको संविधान अनुसार संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुक गए पश्चात सो व्यवस्थाको कार्यन्वयन गर्नका लागि मुलकमा २०७४ साल असार १४ गते प्रथम स्थानिय तहको निर्वानमा सोहि सालको असार २३ गतेको अन्तिम परिणाम पश्चात निर्वाचन आयोग समक्ष मिति २०७४/०३/२६ गते सफतग्रहण गरि यस पालिकाको उपाध्यक्ष पदमा रहि हाल सम्म निरन्तर कार्य गर्दै आएकोमा हाल आएर २०७९ साल वैशाख ३० गते नेपाल सरकारले निर्वाचन आयोगको कार्यतालिका अनुसार निर्वाचनको मिति समेत तोकेको कारणले गर्दा यहि मिति २०७८ चैत्र ३० गते देखी कार्यलयमा उपस्थित नहने गरि यो राजिनामा सम्मानित अध्यक्ष समक्ष पेश गर्दछु भनि उल्लेख गरेका छन् ।

न्यायिक समितिमा रहेका सम्पूर्ण कागजातहरु समेत न्यायिक समिति कार्यालय मा कार्यरत कृष्ण कुमारी भण्डारी गौतम र राजन घिमिरे मार्फत बुझाएको कुरा राजिनामा मा उल्लेख छ । योजना तथा कार्यक्रमहरुको अनुगमनका सवालमा अन्य सदस्य मार्फत गराउनु र मेरो दायित्वमा रहेका सम्पूर्ण अधिकारहरु यो राजिनामा स्वीकृत भएको मितिबाटै लागु गराउनुहुन समेत जानकारी गर्दछु भनि उल्लेख गरेका छन् ।

उपाध्यक्ष थापा ले राजिनामा दिइसकेको कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले पुष्टि गरेका छन्। यद्यपि उनले उपाध्यक्ष थापा को राजिनामा स्विकृत नगरि सकेको प्रतिक्रिया दिएका छन् । हाल उपाध्यक्ष को राजिनामा पत्र दर्ता मात्र गरि राखेको र निर्वाचन आचार सँहिता को अध्ययन पश्चात मात्र राजिनामा स्विकृत गर्ने नगर्ने बारे मिडियामा प्रतिक्रिया दिने उनले बताएका छन् ।

यसबारे उपाध्यक्ष थापा सँग प्रतिक्रिया लिन खोज्दा आफुले चैत ३० गते नै राजिनामा पत्र तयार गरेको र बैशाख ३ गते सम्म लगातार कार्यालय बिदा रहेकोले र ४ गते अध्यक्ष सँग भेट नभएकाले ५ गते आफुले अध्यक्ष लाई भेटेर राजिनामा पत्र बुझाएको कुरा बताएका छन् ।

उपाध्यक्ष थापा ले पदबाट राजीनामा दिएपछि न्यायिक समिति को काम कारवाही प्रभावित भएको छ । न्यायिक समिति मा मुद्दाका फाइलहरु थुप्रिएको र अब ति दर्ता भएका मुद्दा हरु कसले हेर्ने भन्ने बारे अन्यौल रहेको कुरा कर्मचारी कृष्ण कुमारी भण्डारी ले वताएकी छन्।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्