असार ३१, गौरीगञ्ज ।‌नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धनको मूल्य घटेको जानकारी दिएका हुन् ।

उनको अनुसार पेट्रोल प्रतिलिटर रु ६ ले घटेको हो ।‌ नयाँ मुल्य अनुसार क बर्गका क्षेत्र हरु चारआली, विराटनगर, जनकपुर, बीरगञ्ज, अमलेखगंज, भलवारी, नेपालगञ्ज र धनगढी आसपासका क्षेत्रमा प्रति लिटर रु १६१.५०, ‘ख’ वर्गका क्षेत्रहरु सुर्खेत र दाङ आसपासका क्षेत्रमा प्रति लिटर रु १६३ र ‘ग’ वर्गका क्षेत्रहरु काठमाडौ, पोखरा र दिपायल आसपासका क्षेत्रमा रु १६४ रुपियाँमा झरेको छ।

त्यस्तै डीजल र मट्टीतेलमा प्रति लिटर चार–चार रुपियाँ घटेको छ।एलपी ग्याँसमा १० रुपियाँ घटेको छ।अब एलपी ग्याँस एक हजार ७९० रुपियाँ पर्नेछ।

डिजेलको नयाँ मूल्यअनुसार ‘क’ वर्गमा १४३.५, ‘ख’ वर्गमा १४५ र ‘ग’ वर्गमा १४६ रुपियाँ पुगेको छ। घटेको नयाँ मूल्य आज आइतबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।