गौरीगञ्ज वडा नम्बर ६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी

पढ्न समय: 1 मिनेट

जेठ ८, गौतीगञ्ज । गौरीगञ्ज वडा नँ ६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएका छन् । वडाध्यक्ष पदमा नेपाली काँग्रेस का उम्मेदवार बद्री नारायण यादव ११२० मत प्राप्त गरि बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा का उम्मेदवार नन्द राज थापा ले ७९९ मत प्राप्त गरेका छन् ।

- Advertisement -
Ad image

महिला वडा सदस्य मा काँग्रेस कै राधा देवी अधिकारी ले १०७० मत प्राप्त गरि बिजयी भएका छन् भने दलित महिला सदस्य मा रमकुमारी बिकले ११९५ मत प्राप्त गरि बिजयी भएका छन् । त्यसै गरी खुला वडा सदस्य तर्फ काँग्रेस कै नितेश कुमार साह ले १०६९ र मो आसामुद्दिन ले ११३४ मत प्राप्त गरि बिजयी भएका छन् ।

विवादित वडा नँ १ का हकमा भने केहिबेर पछी वडाध्यक्ष पदको मात्र पुन:: मत गणना गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्