असार १५, गौरीगञ्ज । अबिरल वर्षाका कारण विस्थापित भएका गौरीगञ्ज वडा नँ २ का ० परिवार लाई विद्यालय मा राखिएको छ । कमल खोला को पानी दासचौरी गाउँमा पस्दासो गाउँका १२ परिवार बिस्थापित भएका छन् भने उनिहरु लाई उद्दार गरि तुलाचन स्थायी शिशुकल्याण प्राबिमा राखिएको कुरा वडा सदस्य रिता तामाङ ले जनाएकि छन् ।
त्यसैगरी सोहि खोलाको पानी पिण्डालघुटु गाउँमा पस्दा सो गाउँका १८ परिवार बिस्थापित भएको कुरा वडा नं २ का वडाध्यक्ष किनालाल राजवँशी ले बताएका छन् । उनिहरुलाई उद्दार गरि आमगाछी बहुभाषिक बिद्यालय मा राखिएको छ ।
विस्थापित भएका परिवारलाई चिउरा भुजा तथा चाउँचाउ र पानी लगायतका खानेकुरा हरुको व्यवस्था वडा कार्यालय बाट गरिएको कुरा वडाध्यक्ष राजवँशीले बताए ।