चैत २०, गौरीगञ्ज ।‌ सीमा बिबादका कारण लामो समयदेखि गौरीगञ्ज बजार क्षेत्रमा शुरु हुन नसकेको हुलाकी सडकको काम शुक्रबारदेखि शुरु भएको छ ।
पुर्वमा नहरदेखि पश्चिममा गेउरिया पुल सम्मको गौरीगञ्ज बजार क्षेत्रमा हुलाकी सडक खण्डको दाँयाबाँया क्षेत्र निर्धारण गर्न नसक्दा सो क्षेत्र बिबादित हुदै आएको थियो ।‌ पछिल्लो समय फागुन २४ गते सरकारी नक्सा अनुसार नापि कार्यलयको प्रतिनिधि द्वारा सो सडकको सीमा निर्धारण गरिएको थियो । सरकारी अमिन ले नाप्दा समेत सो सडकको बिबाद सुल्झिन सकेको थिएन ।
वडा नँ ३ का वडाध्यक्ष मखना महतो ले शुक्रबार आफ्नै निगरानीमा सरकारी अमिन को नापी अनुसार काम शुरु गराएका छन् । शुक्रबार बिहान काम शुरु गर्दा केहि सामान्य बिबाद भएपनि नहरदेखि मोटु पतलु होटल सम्म सडकको दक्षिण किनारमा नाला खन्ने काम सम्पन्न भएको छ । सडक उत्तर किनारमा स्कुल का केहि सँरचनाहरु भत्काउन बाकी नै छन् ।‌
बिहान नहर पुर्व नाला खन्ने क्रममा सडक क्षेत्र भित्र परेका केहि घर सँरचनाहरु नभत्काई नाला बाँगोटिँगो खन्न थालेपछी स्थानिय हरु आक्रोशित भएका थिए ।‌ यद्यपि वडाध्यक्ष महतोले सडक क्षेत्र भित्र परेका घर सँरचनाहरु हटाउन अल्टिमेटम दिइसकेको र अहिले खालि नभएको अवस्थामा नालाको खाल्डो बाँगोटिँगो भएपनि सँरचनाहरु खालि भएपछी नालाको वाल उठाउने बेला नाला सिधा हुने कुरा बताएका छन् ।
हुलाकी सडक अन्तर्गत १४ नँबर ठेक्काको रतुवा देखि कमल खोला सम्मको १८ किलोमिटर सडक खण्डको लगभग ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सो खण्डमा तुलारचौन चोकदेखि कमल खोला सम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे समेत भइसकेको छ भने तुलार्चौन चोक देखि पश्चिम किस्नी खोला सम्म को कालोपत्रे अन्तिम चरणमा छ । किस्नी देखि ठेकिटोल चोकसम्म पहिलो चरणको कालोपत्रे शुरु भएको छ । सो सडकको १४ नँबर ठेक्काको १८ किलोमिटर सडक खण्डको काम आउदो असोज सम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको कुरा ठेकेदार कम्पनी गजुरमुखी मोतिदान केभी कन्सट्रक्सन ले जनाएको छ ।‌