मदन राजवंशी मनप्रीत
चैत १४, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका मा पाँच बर्षमा सात वटा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । सातौ प्रमुख प्रशासकीय अधिकृत का रुपमा कृष्ण कार्कीले सोमबार देखि पदभार सम्हालेका छन् ।
छैठौ प्रमुख प्रशासकीय अधिकृत का रुपमा गत भदौ मा आएका सन्तोष श्रेष्ठ छ महिना मै सरुवा भइ जिल्ला समन्वय समिति झापा गएका छन् भने जिल्ला समन्वय समिति मा कार्यरत कृष्ण कार्की लाई सातौ प्रमुख प्रशासकीय अधिकृत का रुपमा गौरीगञ्ज भित्र्याईएको छ ।
गौरीगञ्जका जनप्रतिनिधि हरुको ऐन नियम मिचेर काम गर्ने प्रवृतिका कारण गौरीगञ्जमा कुनैपनि प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म टिक्न सकेका छैनन् । एक हप्ता अघिसम्म सन्तोष श्रेष्ठ सरुवा भएर जाने कुनै चर्चै थिएन । तर सोमवार अचानक उनको बिदाई गरिएको छ । श्रोत का अनुसार आफ्नो स्वार्थ पुरा हुन नसकेपछि केहि जनप्रतिनिधि हरुकै सेटिङमा उनलाई सरुवा गराएर नयाँ अधिकृत भित्र्याईएको हो ।
स्थानीय तहको गठन सँगै २०७३ चैत मा गौरीगञ्जमा पहिलो प्रमुख प्रशासकीय अधिकृत का रुपमा सुरेन्द्र थापा मगर आएका थिए । तर जनप्रतिनिधि हरुले समयमै पहिलो गाँउँसभ गर्ने नदिएपछि उनि ६ महिना नपुग्दै ७४ साल असोज मै सरुवा भएर गएका थिए । उनि पछी केहि महिना गौरीगञ्ज गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन हुन पुग्यो । त्यस पछि राजेन्द्र पोख्रेल प्रमुख प्रशासकीय अधिकृत का रुपमा गौरीगञ्ज आएका थिए । त्यसबेला जनप्रतिनिधि हरुले प्रविधिक कर्मचारी नियुक्ति मा काण्ड मच्चाएपछी उनि पनि ४ महिना मै सरुवा भएर गए भने उनको ठाउँमा राजकुमार शाक्य ले जिम्मेवारी सम्हालेका थिए ।
७४ साल चैतमा पदभार सम्हालेका शाक्य नै एक वर्ष भन्दा लामो समय सम्म गौरीगञ्जमा प्रमुख प्रशासकीय अधिकृत का रुपमा काम गर्ने पहिलो अधिकृत बन्न पुगे । उनि ७६ साल पुससम्म प्रमुख प्रशासकीय अधिकृत का रुपमा उनि काम गरे ।
७६ पुस मा प्रमुख प्रशासकीय अधिकृत का रुपमा आएका प्रविण दाहाल लाई पनि गौरीगञ्जका जनप्रतिनिधि हरुले लामो समय काम गर्ने दिएनन् । उनको कार्यकाल मा जनप्रतिनिधि हरुले उपभोक्ता समिति काण्ड र प्याट्रोल काण्ड मच्चाउन नसकेपछि उनलाई पनि ९ महिनामै सरुवा गराएर उनको ठाउँमा ७७ साल असोज मा प्रमुख प्रशासकीय अधिकृत का रुपमा राजु दाहाल लाई ल्याएका थिए ।
राजु दाहाल ले पदभार सम्हाल्ने बितिक्कै सोहि महिना बिशेष गाउँसभा गरेर गौरीगञ्जका जनप्रतिनिधि हरुले ५० लाख सम्मको योजना उपभोक्ता समितिलाई दिएर कार्यकर्ता र आसेपासे पाल्ने लगायतका आफ्ना स्वार्थ पुरा गराए ।
जनप्रतिनिधि हरुको ऐन नियम विपरित गतिविधि नरोकिएपछि उनि पनि एक बर्ष नपुग्दै ७८ साल भदौमा सरुवा मिलाएर भुमि व्यवस्था कार्यालय पुगेका थिए भने भदौको २८ गते सन्तोष श्रेष्ठ ले प्रमुख प्रशासकीय अधिकृत को पदभार सम्हालेका थिए । उनि पनि ६ महिना मै सरुवा भएर उनको ठाउँमा नयाँ अधिकृत का रुपमा कृष्ण कार्की लाई ल्याइएको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा गौरीगञ्जका केहि बोलवाला युक्त जनप्रतिनिधिहरुको स्वार्थ सिद्धी नहुने देखिएपछि उनलाई सरुवा गराएको श्रोतको दाबी छ । बर्ष दिन नपुग्दै प्रमुख प्रशासकीय अधिकृत सरुवा हुनुले गौरीगञ्जले योजना निर्माण र फरफारकमा ठुलो क्षति बेहोरिरहेको छ ।