फागुन २७, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका ले आयोजना गरेको पालिका स्तरीय खेलकुद प्रतियोगिता मा वडा नं ६ ले सबै प्रतियोगिता जितेको छ ।‌ शुक्रबार समापन समारोहमा आयोजित फुटबल प्रतियोगिता को फाईनल खेल मा वडा नं ४ बिरुद्ध ०-१ गोलले जित सँगै वडा नं ६ ले ह्याट्रिक गरेको छ ।

फुटवलको बिजेता टिम

गौरीगञ्ज गाउँपालिका ले आयोजना गरेको पालिका स्तरीय खेलकुद प्रतियोगिता को तिनवटै खेलहरु क्रिकेट, भलिवल र फुटवल मध्ये यस अघि वडा नँ ६ ले क्रिकेट र भलिबल प्रतियोगिता पनि जितेको हो ।

यो जित सँगै वडा नं ६ को फुटवल टिमले प्रथम पुरस्कार नगद रु ५१ हजार, प्रमाण पत्र र ट्रफि जितेका छन् भने वडा नं ६ कै क्रिकेट टोली ले प्रथम पुरस्कार नगद रु ३१ हजार, प्रमाण पत्र र ट्रफि तथा वडा नँ ६ कै भलिबल टिमले प्रथम पुरस्कार नगद रु ३१ हजार, प्रमाण पत्र र ट्रफि जितेका छन् ।

त्यसैगरि फुटबल प्रतियोगिता को उप बिजेता वडा नँ ४ ले नगद रु ३१ हजार, प्रमाण पत्र र ट्रफि जितेका छन् । क्रिकेट प्रतियोगिता को उपबिजेता वडा नँ २ ले नगद रु २१ हजार, प्रमाण पत्र र ट्रफि तथा भलिबल प्रतियोगिता का उपविजेता टोली वडा नँ २ ले नगद रु २१ हजार, प्रमाण पत्र र ट्रफि जितेका छन् ।

फुटबल खेलमा उत्कृष्ट गोलकिपर वडा नँ ६ का अशेस दाहाल, उत्कृष्ट डिफेन्डर अर्पण श्रेष्ठ, र उत्कृष्ट गोल कर्ता प्रबिण लामा, घोषित भएका छन् । त्यसैगरि भलिबल खेलमा उत्कृष्ट सटर वडा नँ ६ का मोहम्मद साहिद, उत्कृष्ट डिफेन्डर वडा नँ २ का रोजन राजवँध्शी र उत्कृष्ट लिफ्टर वडा नँ २ कै रँजित राजवंशी घोषित भएका छन् । क्रिकेट तर्फ उत्कृष्ट बलर वडा नँ ६ का जनम भुजेल, उत्कृष्ट ब्याट्सम्यान वडा नँ ६ कै विशाल थापा र उत्कृष्ट खेलाडी वडा नँ २ का अजय राजवंशी घोषित भएका थिए ।

समापन समारोह कै अवसरमा गाउँपालिका ले पालिका भित्र का पुराना खेलाडी हरुलाई सम्मान समेत गरेको छ । गौरीगञ्जका पुराना फुटबल खेलाडी नन्दराज थापा र रुद्रराज पन्त (रामकृष्ण) भलिबल का पुराना खेलाडी खड्ग बहादुर भुजेल र देवेन्द्र निरौला , कराँते का पुराना खेलाडी मोहन प्रकाश राई, र क्रिकेट का पुराना खेलाडी सुदर्शन श्रेष्ठ लाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

शिक्षा तथा खेलकुद समिति सँयोजक दिपेन्द्र थापा को सभापतित्व र गापा अध्यक्ष बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय का प्रमुख चुडामणि आपागाइ इलाका प्रहरी कार्यालय प्रमुख राकेश रेग्मी वडा नँ ४ का वडाध्यक्ष कुलप्रसाद गिरी वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव, गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम को सहजिकरण शिक्षा शाखा अधिकृत सुशील दाहाल ले गरेको कुरा खेल आयोजक समिति सचिव भवानी काफ्लेले जानकारी दिए ।