भदौ १६, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल को बिदाई भएको छ । बुधबार गाउँपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी दाहालको बिदाई गरिएको हो । दाहाल गौरीगञ्ज गाउँपालिका बाट नियमित सरुवा भएर मालपोत कार्यालय चन्द्रगढी गएका हुन ।

उनको स्थानमा प्रमुख प्रशासकीय अधिकृत का रुपमा सन्तोष श्रेष्ठलाई आजै स्वागत गरिएको छ । यस अघि उनि ताप्लेजुङ जिल्लाको फताङ्लुङ गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत का रुपमा कार्यरत थिए । उनि आजै रवाना लिएर गौरीगञ्ज गाउँपालिका मा हाजिर भएका हुन् । उनि झापाको शिवसताक्षी नगरपालिका निवासी हुन् ।‌

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ को सभापतित्वमा सम्पन्न बिदाई तथा स्वागत कार्यक्रम मा कर्मचारीका तर्फबाट बिरेन्द्र खड्का, कार्यपालिका सदस्यका तर्फबाट राधा अधिकारी, वडासदस्य का तर्फबाट जानुका गौतम, वडाध्यक्ष का तर्फबाट अघनु राजवँशी लगायतले स्वागत तथा बिदाई मन्तब्य राखेका थिए ।

कार्यक्रम मा बोल्दै उपाध्यक्ष दिपेन्द्र थापा ले बिदाई भएर जाने प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल को कार्यसम्पादन को मुल्यांकन गर्दै भर्खरै आउनुभएका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ लाई कार्यसफलताको शुभकामना दिएका थिए । त्यसैगरी अध्यक्ष बाबुराजा श्रेष्ठ ले प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल सरुवा भएर जहाँ गएपनि आगामी दिनमा साथ र सहयोग रहिरहनु पर्ने बताउदै नयाँ कार्यकारी अधिकृत श्रेष्ठबाट पनि कुशल कार्यसम्पादन को अपेक्षा राख्दै शुभकामना व्यक्त गरेका थिए ।

बिदा गरिएका प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल को कार्यकालमा एका आर्थिक वर्ष बाट अर्को आर्थिक वर्ष मा योजना दायित्व सार्ने परम्परा लाई भँग गर्दै गौरीगञ्ज गाउँपालिका कै ईतिहासमा सबैभन्दा बढि योजना सम्पन्न भएको थियो ।